एनआरएनएको प्रवक्तामा जापानका भुषण घिमिरे



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा जापानका भुषण घिमिरे नियुक्त भएका छन् ।

एनआरएनएको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले जापानमा बस्ने घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो ।

घिमिरे जापानमा संचार क्षेत्र तथा उनको विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

जापानको सोफिया युनिभर्सिटीमा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे राजधानी टोकियोबाट प्रकाशित नेपाली पत्रिका ‘नेपाली समाचार’का प्रधान सम्पादक हुन् ।

१६ वर्षदेखि जापानमा बस्दै आएका उनी नेपालमा रहँदा युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक थिए । उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

घिमिरेले नेपालमा बैंकिङ, हाइड्रो, शिक्षा क्षेत्रमा लगानी गरेका छन् भने जापानमा रेस्टुरेन्ट, ग्रोसरी व्यवसाय गर्दछन् ।


क्लिकमान्डु