हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब



काठमाडौं। गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सी ई सर्टिफाईड एलईडी बल्ब हो, जून नेपालमा सबैभन्दा धेरै बिक्री हुने एलईडी बल्ब भएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ एलईडी बल्ब १०० लुमेन्स पर वाट सहितको विशेषता सहित उपलब्ध छ जसमा उच्च पावर कार्यदक्षता रहेको छ । यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमेन्स रहेको छ । हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य १५० रुपैयाँमा किन्न सकिन्छ जसमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ ।

हिमस्टारले विभिन्न लाइटिङ तथा लुमीनारिज उपलब्ध गराउँछ । जस अन्र्तरगत ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाईट, प्यानललाईट तथा अन्य विभिन्न भित्री र बाहिरी लाईटहरु पर्दछन् ।

‘नेपाली बजारमा हिमस्टार एलईडी बल्ब उपलब्ध भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित भएका छौं । हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केहि समाधान गर्नका लागि सहयोग गर्नेछ, किनकी यसले न्यून उर्जाको खपत गर्ने र अन्य एलईडी बल्बहरुको तुलनामा उच्च तहको लुमेन्स प्रदान गर्दछ,’ हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।


क्लिकमान्डु