तिहारमा झिलिमिली दियो यसरी बनाउनुस्




काठमाडौं । तिहारको समयमा दियोको खोजी नहुने कुरै भएन । तिहारको समयमा मानिसहरु आफ्नो घरको फरक फरक तरिकाले सजावट गर्ने गर्छन् । यसमा पनि सबैभन्दा धेरै महत्व दियोको हुने गर्छ ।

तिहारको समयमा खास गरी दियोको प्रकाशबाट घरलाई उज्यालो बनाउने गरिन्छ । यस्तो पनि मान्यता रहेको छ कि रामले रावणलाई मारेर असत्य माथि सत्यको विजय प्राप्त गरे । र, त्यसरी नै दियोको उज्यालोले असत्य माथि सत्यको विजयको प्रतिक पनि मानिन्छ ।

दियोको उज्यालो जीवनमा भएका अन्धकारलाई हटाउने एउटा प्रतिक मानिन्छ । दियो सजाउनको लागि धेरै खर्च हुने गरेको छ । तर, अब तपाइले दियोमा धेरै पैयाँ खर्च गर्नु पर्ने छैन । किनकि आज हामी तपाइलाई घरमै भएका सामानको प्रयोगबाट कसरी दियो सजाउने भनेर ८ वटा टिप्सहरु दिदैंछौं ।

१. बजारबाट ल्याइएको माटोको सादा दियो किनेर त्यसलाई पानीमा भिजाउँनुस् । यसो गर्नाले माटोको दियोले तेल र रंग सोस्ने छैन ।

२. दियोलाई पानीबाट निकालेर सुकाउनुस् । त्यपछि दियोमा पहिला सेतो रंग लगाएर सुकाउनुस् । यसले गर्दा दियोमा लगाइने रंग अझ निखारिने छ ।

३. त्यसपछि आफूलाई मनपर्ने रंग दियोमा लगाएर सुकाउनुस् ।

४. रंग लगाइसकेपछि दियोलाई मोती, स्टोन र रिबन लगाएर सजाउनुस्

५. दियोमा रंगीबिरंगी गिल्टरर्स लगाएर पनि सजाउन सक्नु हुन्छ ।

६. घरमै भएको रिबनलाई दियोको चारैतिर लगाउनुस् । तपाइ चाहनुहुन्छ भने रिबनको सानो सानो आकारले डिजाइन बनाएर पनि दियोमा टास्न सक्नुहुन्छ ।

७. प्लास्टिकको फूल र पातले पननि दियोमा टासेर दियोलाई फरक डिजाइन दिन सक्नुहुनेछ ।

८. दियोमा रंग लगाएपछि त्यसमा सिसाको सानो टुक्रा टासेर पनि सजाउन सकिन्छ ।


क्लिकमान्डु