मन्त्री बनाउने वित्तिकै कमल थापा देउवासँग रिसाएपछि…



काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रले एमालेसँग चुनाबी तलमेल र चुनाबपछि पार्टी एकता गरी माब गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एकपटक त ठूलै संकटमा परे ।

आफूले शंकासमेत नगरेको माओवादी र एमालेको गठबन्धन भएपछि उनलाई आपत पर्ने नै भयो । तर, संसदीय व्यवस्थाका माहिर खेलाडी देउवाले पनि मधेसबादी दल, राप्रपा लगायतसँगको लोकतान्त्रिक गठबन्धन बनाए ।

देउवाले राप्रपा, फोरम लोकतान्त्रिक लगायतलाई सरकारमा ल्याएर अघि बढ्ने नीति लिए ।

कमल थापाजस्तो सत्तामा जान मरिहत्ते गर्ने राजनीतिज्ञ आफूलाई जसले मन्त्री बनायो त्यसैसँग रिसाए भन्दा अचम्म लाग्न सक्छ । तर, यसपटक मन्त्रीको जिम्मेवारी पाउने वित्तिकै थापा देउवासँग रिसले चुर भए ।

एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादीलाई पटक-पटक सत्ता छाड्न दबाब पनि दिए । तर, माओवादीले सत्ता छाड्न मानेन ।

मंगलबार प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई विनाविभागीय बनाइदिए । र, नयाँ मन्त्रीहरु थपे ।

यसैक्रममा देउवाले कमल थापालाई उपप्रधान तथा उर्जामन्त्रीको जिम्मेवारी दिए । तर, यो पद पाएर पनि कमल थापा खुसी छैनन् । मन्त्री बनाइदिने वित्तिकै थापा प्रधानमन्त्री देउवासँग रिसाए ।

कमल थापाजस्तो सत्तामा जान मरिहत्ते गर्ने राजनीतिज्ञ आफूलाई जसले मन्त्री बनायो त्यसैसँग रिसाए भन्दा अचम्म लाग्न सक्छ । तर, यसपटक मन्त्रीको जिम्मेवारी पाउने वित्तिकै थापा देउवासँग रिसले चुर भए ।

थापा रिसाउनुको कारण भने गृह मन्त्रालय नपाएको मात्रै हो । लोकतान्त्रिक गठबन्धन बनाउने क्रममा देउवाले कमल थापालाई उपप्रधान तथा गृहमन्त्री बनाउने बचन दिएका थिए । तर, मन्त्रालयको जिम्मेवारी दिँदा उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिए ।

प्रधानमन्त्रीले आफूलाई उर्जा मन्त्रालय तोकिदिएको खबर पाउने वित्तिकै कमल थापा देउवासँग आक्रोसित भएएको थापा निकटहरु बताउँछन् । उनले आफ्ना निकटहरुसँग देउवाले धोका दिएको भने पनि ।

तर, जतिसुकै रिसाए पनि बुधबार दिउसो थापाले उर्जा मन्त्रालय गएर पदबहाल गरेका छन् ।

उर्जा मन्त्रालयको कुर्सीमा बस्दै थापाले चुनाब गराउन कै लागि आफू सरकारमा सहभागी भएको दाबी समेत गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले लोडसेडिङ हुन नदिने र विद्युत् आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।


पुष्प दुलाल