भारतबाट नेपालमा पैसा पठाउन थप सजिलो, बर्षमा ६ लाखसम्म पठाउन सकिने




काठमाडौं । भारतमा रहेका नेपालीले बैंकिङ प्रणालीबाट नेपालमा पैसा पठाउन थप सहज भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंकबीच रेमिटान्स पठाउने सम्झौता भएपछि भारतबाट नेपालमा पैसा पठाउन थप सहज भएको हो ।

भारतमा रहेका नेपालीसँग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका उनीहरुका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई नेपाल इन्भेष्टमेण्टको रेमिटान्स सेवा ‘पृथ्वी रेमिट’मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्ने ब्यवस्था मिलाइएको बैंकको भनाइ छ । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सिस बैकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिटान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने बैंकको विश्वास छ ।

देशक विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक र भारतस्थित एक्सिस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्ने विश्वास बैंकको छ ।


क्लिकमान्डु