कामना सेवा विकास बैंकले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । पोखरामा केन्दी्रय रहेको कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकको चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय काठमाडौं ३०, ज्ञानेश्वर, आनन्दभैरब मार्ग स्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका गतिविधीको बारेमा प्रकाश पार्दै बैंकका संचालक समिति अध्यक्षसुदिप आचार्यले बैंक प्रगति उन्मुख रहेकोले ढुक्क भई लगानी गर्न शेयरधनीहरुलाई अनुरोध गरेका थिए ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड निक्षेप १३ अर्व १९ करोड रहेको छ भने कर्जा तर्फ ११ अर्व ९४ करोड पुगेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले दिए ।


क्लिकमान्डु