९ अंकले बढ्यो नेप्से, ४१ करोडको कारोबार



काठमाडौं । तिहारको झिलिमिलिमा नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.१७ अंकले उर्लिएको छ । नेप्से १५६८.३५ अंकमा अडेको छ ।

आज १ सय ४५ कम्पनीका ११ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४३ करोड २५ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
तिहारको दोस्रो दिन नेप्सेका सबै समूहमा हरियाली छाएको छ ।

बैंकिङ समूह ४.०९, ट्रेडिङ समूह ६.३३, होटल समूह ३.६९, विकास बैंक समूह १४.४५, जलविद्युत समूह ११.७१, वित्तीय समूह ७.५३, बीमा समूह ९७.४८ र अन्य समूह ९.२६ अंकले बढेका छन् ।

नगढी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.२२ र ५.०३ प्रतिशतले कमाएका छन् ।

बेस्ट फाइनान्सका लगानीकर्ताले ८.९८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल