पूरानो स्मार्ट फोनको डाटा सुरक्षित भएन ? यसो गर्नुहोस्



tips-2काठमाडौं । के तपाई आफ्नो स्मार्ट फोनमा भएको डाटा सुरक्षित नभएर हैरान हुनुहुन्छ ? यस्तो डाटा सेभ गर्ने उपाय खोजिरहनु भएको छ ? छ भने यो समाचार पुरै पढ्नुहोस् ।

स्मार्ट फोनले तपाई–हाम्रो दैनिकी निकै सजिलो बनाइदिएको छ । तर, कोहि मानिसहरु भने स्मार्ट फोनमा रहेका डाटाहरु चोरी गरेर स्मार्ट फोन प्रयोगकर्ताहरुको निद्रा खल्बल्याउने काममा सक्रिय छन् । जसको पीडा तपाईँले पनि भोगिरहनु भएको हुनसक्छ ।

यसबाट बच्न चाहेुहुन्छ भने सकेसम्म स्मार्ट फोनमा व्यक्तिगत र वित्तिय जानकारी कम राख्ने गर्नुहोला । स्मार्टफोनमा राखिएको ब्याकअपबारे समय समयमा अपडेट गरिएमा चोरी हुने सम्भावना कम हुन जान्छ ।

डाटा चोरिनबाट जोगिन कस्तो व्याकअप राख्ने ?

१, टाइटेनियम ब्याकअपलाई बर्षौदेखि ब्याकअपको राजाकोरुपमा मानिँदै आएको छ । यसमा त्यसता धेरै फिचरहरु छन् जुन अरु ब्याकअपमा पाउन सकिँदैन । यो ब्याकअप हेर्दा अलि पूरानो मोडेलको जस्तो देखिन्छ र यसलाई प्रयोग गर्न रुट एक्सेस गर्नु पर्नेहुन्छ । यो सित्तैमा प्रयोग गर्न सकिँदैन यसका लागि ८ अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।

२, चिता एप्सको प्रयोगबाट कन्ट्याक, एसएमएस, फोटो, कल लग, क्यालेन्डरको ब्याकअप राख्न सकिन्छ । यो एप्स डाउनलोड गरेपछि ५ गिगाबाइटको क्लाउड स्टोरेज पनि सित्तैमा उप्लब्ध हुन्छ ।

३, जी क्लाउड एप्सले आफ्नै क्लाउड स्टोरेज प्रयोग गर्छ, जुन १ गिगाबाइटबाट सुरु हुन्छ । जसलाई १० जिबीसम्म बढाउन सकिन्छ । सित्तैमा डाउनलोड गर्न सकिने यस एप्स वाइफाइमा मात्र उप्लब्ध छ, यो मोबाइल डाटाबाट डाउनलोड गर्न सकिँदैन ।

४, इजी ब्याकअप एण्ड रिस्टोर केही समयको प्रयासपछि निकै छिटो गतिमा रिस्टोर गर्न थाल्छ । यस एप्सबाट कन्ट्याक, एसएमएस, एमएमएस, कल लग, क्यालेन्डर, डिक्सनरी, फोटो र बुकमार्क सुरक्षित गर्ने काम गर्छ ।

५, सुपर ब्याकअप एप्सले गर्ने काम भनेको कन्ट्याक, एसएमएस, एमएमएस, कल लग, आदि सुविधा रहेको छ । विज्ञापनमा सित्तैमा देखाइएता पनि यस एप्स खरिदका लागि करिब एक अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु