ह्याकरबाट यसरी बचाउनुहोस् तपाईँले आफ्नो स्मार्ट फोन



smartphone
काठमाडौं । आजकाल स्मार्ट फोनमा भाइरसको समस्या भनेको साधरण भइसक्यो । किनकि अनलाइन ह्याकर कुनै न कुनै बहानामा कसै न कसैको स्मार्ट फोन ह्याक गरिरहेकै हुन्छन् ।

प्रयोगकर्ताहरु ह्याकरको भाइरस पठाउने चाललाई बुझन सक्दैनन् । र, सजिलै ह्याकरको फन्दामा फस्छन् । एक पटक स्मार्ट फोन भाइरसको फन्दामा फसेमा ह्याकरको चाहना अनुरुप तपाइँको स्मार्ट फोनले काम गर्न थाल्छ ।

फोन तपाईकै हातमा हुन्छ । तर, त्यसको सम्पूर्ण नियन्त्रण ह्याकरको औंलामा हुन्छ । के तपाई आफ्नो फोनको रिमोट अरुको हातमा भएको हेर्न चाहनुहुन्छ ? आफ्नो दैनिकीकोरुपमा रहेको फोनको चाबी अरुको हातमा भएको कसैले पनि हेर्न सक्दैन । यदि तपाई पनि आफ्नो फोनलाई ह्यारबाट मुक्त राख्न चाहनुहुन्छ भने फोनमा आउने भाइरसलाई तुरुन्तै हटाउनु होस् ।

फोनमा भाइरसले बास गरेमा यसलाई हटाउनका लागि सबैभन्दा सजिलो उपाय हो, फोन फरम्याट । फोन फरम्याट गरेर तपाइँलाई भाइरसबाट मुक्ति त मिल्छ । तर फरम्याट गर्दा तपाईका महत्वपूर्ण डाटा डिलिट हुनगई समस्या पर्छ । यहाँ हामीले ई बिना फरम्याट फोनबाट भाइरस हटाउन तरिका बारे जानकारी दिने कोसिस गरेका छौं ।

टर्न अन सेफ मोड

सबैभन्दा पहिले मोबाइललाई स्विच अफ गरेर अन गर्नुस् । मोबाइल अन हुँदा मोबाइलको नाम देखाउन थाल्ले बित्तिकै भोल्यूम घटाउने कि मा थिच्ने । भोल्यूम घटाउने कि त्यतिखेर सम्म थिच्ने जब सम्म तपाईको मोबाइल पूर्ण रुपमा रिस्ट्रार्ट हुदैन । त्यति गरिसके पछि मोबाइलको लेफ्ट साइडमा सेफ मोडको वाटरमार्क देखिन्छ । त्यो देखियो भने तपाईको फोन सेफ मोडमा रहन गयो ।

मोबाइल सेफ मोडमा एक्टिभेट भएपछि सेटिङ एप्स डाउनलोडमा जानेमा जाने । डाउनलोडमा गएर डाउनलोड एप्सको चेक गर्ने । तपाईले डाउनलोन नगरेको कुनै एप्स डाउनलोडमा छ भने त्यो भाइरस हुनसक्छ ।

भाइरसलाई कसरी अनस्टल गर्ने

शंका लागेको एप्सलाई ट्याप गर्ने अनस्टल अपसन देखाउँछ र त्यो एप्सलाई अनस्टल गर्ने । एप्स अनस्टिल भएपछि फोनलाई रिबूट गर्ने अब सेफ मोड चाहिँदैन ।

भाइरस डिलिट यसो गर्नुस्

यदि माथिको तरिकाले पनि भाइरस हटेन भने सेटिङ सेक्युरिटी डिभाइस एडमिसिनस्टरमा गएर एप्सलाई डिएक्टिभेट गर्नुस् । त्यसपछि सेटिङ एप्स डाउनलोडमा गएर त्यस एप्सलाई अनस्टल गर्नुस् ।


क्लिकमान्डु