डुअल क्यामरा फोनका यी ६ विशेषता



 

काठमाडौं । मोबाइल फोन अहिले साधारण फोन गर्नको लागि मात्र सिमित रहेको छैन । मोबाइल फोनमा भएको क्यामराले परम्परागत क्यामरालाई विस्थापित गरेको छ । पछिल्लो समय मोबाइलमा डुअल क्यामरा प्रयोग हुन थालेको छ । आइफोनदेखि सामसङ तथा पछिल्लो समय आक्रमक हुँदै गएको हुवावेले ल्याएको मोबाइल फोनमा डुअल क्यामरोको प्रयोग देखिन्छ ।

त्यसोभए एकभन्दा दुई किन उत्कृष्ट ? विश्वभरका उपभोक्ताहरु डुअल क्यामराको प्रेममा किन परिरहेका छन् भन्ने बुझ्नलाई तल उल्लिखित कुराहरु पढ्नुहोस् र प्रिमियम प्राइज ट्याग बिनाप्रिमियम डुअल क्यामराको मजा कसरी प्राप्त गर्न सक्नुहुन्छ भनेर जान्नुहोस् ।

१. अतिरिक्त तौल बिना अतिरिक्त सेन्सर

स्मार्टफोनहरुले उच्चस्तरीय डिएसएलआरएस सरहको क्यामरा प्रयोग गर्न नसक्नुको प्रमुख कारण स्मार्टफोनको साइज रहेको छ । हाम्रो खल्तीमा फिट हुने उक्त उपकरणले राम्रो फोटो निकाल्नको निमित्त ठूलो सेन्सर एरिया चाहिने हुन्छ, जुन सानो उपकरणमा राख्न निकै कठिन हुन्छ । तर यी सब कुरालाई डुअल क्यामराले परिवर्तन गरेको छ ।

दुईवटा क्यामरा अर्थात् बढी सेन्सर एरिया, जसले बढी पिक्सल् डाटा र डिटेल कैद गर्दछ । त्यसै कारणले गर्दा डुअल क्यामराले उत्कृष्ट एजडिआर मोड, बढी डाइनामिक रेञ्ज, उत्कृष्ट लो–लाइट फोटो तथा छिटो र दुरुस्त अटो–फोकस प्रदान गर्दछ– त्यो पनि स्मार्टफोनको डिजाइन, पर्फमेन्स र बजेटसँग सम्झौता नगरी !

२.कुनै पनि लाइटमा उत्कृष्ट पर्फमेन्स

हालसम्म स्मार्टफोनहरुले राम्रो लाईट नभएको समयमा जस्तै रातीको समय, घर भित्र भएको समयमा उत्कृष्ट फोटोको लागि अप्टिकल इमेज स्टेबलाइजेनसन(ओआइएस) मा भर परेका थिए । ओआइएसले लामो समयसम्म सटरलाई खुल्ला राखेर हल्का र अन्जानमा हातको चालले गर्दा आउने धमिलो फोटाहरुलाई कम गर्न मद्दत गर्दछ ।

तर ओआईस पूर्ण उत्कृष्ट भने छैन । यदि तपाईं कम लाइटमा हल्लिएको वस्तुको फोटो लिदैं हुनुहुन्छ भने ओआइएले हल्लिएको हात र तपाईंको सटमा रहेको वस्तु दुवैको भरपाई गर्न सक्दैन । यस्तो बेला डुअल क्यामराले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसमा भएको ठूलो सेन्सर एरियाले बढी लाइट लिन सक्दछ र डुअल क्यामराको प्रयोगकर्ताहरुले घाम अस्ताए पछि पनि भित्र र बाहिर दुवैमा उत्कृष्ट फोटो लिन सक्नेछन् ।

३. गुणस्तरमा डबल तर मूल्यमा हैन

स्मार्टफोन फोटोग्राफीको यस नयाँ युगमा डुअल क्यामराले नयाँ आयामको प्रारम्भ गरेको छ र सबैभन्दा उत्साहित कुरा अब तपाईंले दुई वटा क्यामराको लागि दोब्बर खर्च गर्नु पर्दैन । डुअल क्यामरा अब प्रिमियम डिभाइसहरुमा आफ्नो बजेटमा खरिद गर्न सकिन्छ । डुअल क्यामरा पाए पछि अब तपाईंहरुले पावर र असीमित सम्भावनाहरुको मजा लिन सक्नुहुन्छ ।

४. रियल र अप्टिकल जुम

सिंगल क्यामरा भएको स्मार्टफोनमा डिजिटल जुमको प्रयोग गरिएको हुन्छ, जब कि डुअल क्यामरा स्मार्टफोनमा रियल र अप्टिकल दुइटा छुट्टा–छुट्टै लेन्सहरु हुन्छन् । यसको फरक के हो त? डिजिटल जुमले तपाईंले फोटो खिचे पछि ठूलो बनाउने कार्य गर्दछ, मात्र फरक यो छ कि यसले रियल टाइममै फोटो ठूलो बनाउँछ ।

अर्कोतर्फ अप्टिकल जुम भनेको लेन्सले फोकल लेन्थ मिलाउने र वस्तुलाई नजिक ल्याउने प्रविधिको संयोजन हो, जुन अनुभवी फोटोग्राफरहरुले जुम गर्दा प्रयोग गर्छन् । डुअल क्यामरा स्मार्टफोेनले पनि आफ्नो दुइटा लेन्स उपयोग गरी इमेजको रेज्युलुशनमा सम्झौता नगरी उत्कृष्ट र डिटेल्ड क्लोजअप फोटो खिच्छ ।

५. असली बोकेज इफेक्ट

डुअल क्यामरा प्रेमीहरुले सबैभन्दा बढी रुचाउने इफेक्ट भनेकै बोकेज इफेक्ट हो, जसले एकभन्दा बढी लेन्सहरुको मद्दतले ब्याकग्राउण्डलाई धमिलो बनाई आफूले रोजेको वस्तुलाई फोकसमा राखी शार्प बनाउँदछ । बोकेज धेरै प्रयोग मुख्य गरी प्रोफेसनल फोटोग्राफी (विशेष गरी वन्यजन्तु र चित्र फोटोग्राफर) मा प्रयोग हुने गर्दछ ।

तर एउटा मात्र क्यामरा भएको स्मार्टफोनमा यो इफेक्ट प्रभावकारीरुपमा लागू हुँदैन । केहि स्मार्टफोनमा भएका एप्सहरुले बोकेज इफेक्ट प्रदान गरे तापनि उक्त इफेक्टले डुअल क्यामराले जस्तो सुरुदेखि नै रियल डेप्थ, लेयर र कन्ट्राष्ट प्रदान गरी धमिलो ब्याकग्राउण्ड प्रदान गर्न सक्दैन । परिणामस्वरुप तपाईंले उत्कृष्ट सटहरुको लागि रमाइलो र सिर्जनात्मक फोटोग्राफी पाउनु हुनेछ । स्मार्टफोन प्रेमीहरुका लागि अब स्मार्टफोन छनौट गर्नलाई डुअल क्यामराले एउटा नयाँ दुनियाँ उपलब्ध गराएको छ ।

६. असिमित सम्भावनाहरु

टेक्नोलोजिमा संलग्न रहेका दिग्गजहरुले नयाँ फोटो एप्सहरुको तीव्र गतिले उदाउने अपेक्षा गरेका छन्, जसले दुईवटा लेन्सको मद्दतले डाटाको भि पावर कैद गरी थ्रीडि इफेक्ट र तत्काल जिफ्क्स निकाल्ने छ ।

हामीले वेलिग्राफ एप्सको बढ्दो लोकप्रियता देखिसकेका छौं, जसले प्रत्येक क्यामरामा रहेको बिच भागको स्थानमा थोरै भिन्नता ल्याइ चलिरहेको चित्र निकाल्दछ, जसले गर्दा थ्रीडि इमेज हेरेको आभाष हुन्छ । यो इन्ष्टाग्राम प्रयोगकर्ताले यसबाट गर्न मिल्ने अनेक चिजको सम्भावनाको अनुभूति पहिले नै गरिसकेको छ ।


पुष्प दुलाल