काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माणमा जुट्यो सरकार




काठमाडौं । सरकारले काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

द्रुतमार्ग सरकारआफैंले बनाउने यसअघि घोषणा भएको थियो । आजको मन्त्रिपरिषद्को बैठकले भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने/नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारेमा एक महिनाभित्र सो कार्यदलबाट सुझाव लिने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दु्रत मार्ग बनाउन आम नागरिकसँग आह्वान गरी रकम सङ्कलन वा सरकारको कुनै संस्थाबाट रकम खर्च गर्ने भन्नेबारेमा कार्यदलले सुझाव दिने जानकारी दिए ।


क्लिकमान्डु