निजी मेडिकल कलेज संचालक प्रसाई भन्छन्ः छुट्टै राज्य बनाएर भएपनि मेडिकल कलेज चलाएर देखाउँछु



 

मेडिकल शिक्षालाई ब्यवस्थित र गुणस्तरीय बनाउन भन्दै टिचिङ हस्पिटल महाराजगन्जका बरिष्ठ डाक्टर गोविन्द केसी पटक पटक अनसन बसिसकेका छन् । सरकारले उनका मागमा सहमति जनाउने र, कार्यान्वयन नगर्ने प्रबृत्ति देखाउदा उनले पटक पटक अनसन बस्नु परेको हो । तर केसीको अनसन र माग पूरा गराउने नाममा आफूहरुको अर्बाैको लगानी डुबेको गुनासो प्रस्तावित मेडिकल कलेजका संचालकले गरेका छन् । यस्तै निजी मेडिकल कलेजमध्येको एक वि एन्ड सी मेडिकल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशकसँग क्लिकमाण्डूले यिनै विषयमा केन्द्रीत रहेर कुराकानी गरेकाे छ । सोही कुराकानीको संक्षेपः

डा. गोविन्द केसी जस्तो सदाचारी, सबैले असल भनेको मान्छे विरुद्ध नै किन मुद्दा हाल्नु भएको ?

तपाइको प्रश्न ठिकै होला । तर जे देखिन्छ त्यो हुदैन, जे देखिदैन त्यो हुन्छ भने जस्तै भएको छ । पहिलोदेखि नबौ अनसनमा आइपुग्दा यो बजारले उहाँलाई चिनिसक्यो । सवैले उहाँलाई  चिनिसके । मेची अन्चलका करिब २७ लाख जनतालाई स्वास्थ्य शिक्षा र रोजगारीको अवसरबाट बन्चित गर्न खोजिएपछि मैले मुद्दा हालेको हूँ । त्यहाँका जनताले यो कुरा बुझेका छन् । यो मैले मात्रै हालेको मुद्दा होइन । त्यो क्षेत्रका सवै जनताले हालेको मुद्दा हो । उहाँको सुरुको माग डिन नियुक्तिवाट उठेको हो । दोस्रो अनसनमा उहाँले काठमाडौंमा होइन उहाँकै शब्दमा ‘दुरदराजमा जहाँ मेडिकल कलेज छैन, जहाँ हस्पिटल छैन, जहाँ स्वास्थ्य छैन, जहाँ गरिब जनता छन्, त्यहाँ जानुस्’ भन्नुभयो । हामीले पनि उहाँले भनेको मान्यौं । हाम्रो मेडिकल कलेजले जति उचाइ लिदै गयो, उहाँका मागको उचाइ पनि बढ्दै गयो । अन्तिममा उहाँले काठमाडौंबाट साढे ५ सय किलोमिटर टाढा रहेको वि एण्ड सी हस्पिटललाई अनुमति नदेउ भन्नुभयो ।

२ दिन अगाडि माग पूरा हुदाँ पनि अनसन तोड्न २ दिन पछाडि किन सार्नुभयो ? उहाँको अनसन केही पनि होइन के । मान्छेलाई दिग्भ्रमित पारेको मात्रै हो ।

उहाँले भने झै हामी दुरदराजमा छौं । मेची अञ्चलका करिब २७ लाख जनताको लागि मेडिकल कलेज छैन । त्यहाँभन्दा दुरमा जान ठाउ छैन । त्योभन्दा टाढा जाने हो भने इन्डिया पुगिन्छ । उहाँले कस्तो खालको मेडिकल शिक्षा खोज्नु भएको हो ? कस्तो खालको डाक्टर खोज्नु भएको हो ? उहाँको नारा के हो ? उहाँको माग के हो भन्ने सवै जनाले बुझेपछि मैले मुद्दा हालेको हो । मैले त उहाँलाई भर्खर ३ वटा मात्रै मुद्दा हालेको छु । उहाँमाथि त अरु २० वटा मुद्दा हाल्नु पर्नेछ । उहाँले अति पीडा दिएको छ । नेपाल मेडिकल हब बन्दैथियो । उहाँले त्यो रोक्नु भएको छ ।

तपाइको मेडिकल कलेजलाई डा. केसीले नै रोकेको हो र ?

रोकेको त सरकारले हो । बीर अस्पतालमा नन्दप्रसाद अधिकारी अनसन बस्दै मर्नुभयो । अधिकारी मर्दा राज्यलाई केही भएन, गोविन्द केसी मर्दा राज्यलाई के हुन्थ्यो ? विश्वमा ७ अर्ब थान मान्छेमध्येमा एक जना मर्दैमा के हुन्थ्यो ? तर यत्रो स्वास्थ्य शिक्षा क्षेत्र डिजास्टर हुदैनथ्यो । आफ्नो छोरो मार्नेलाई कारबाही गर भनेर अनसन बस्ने अधिकारीले के गर्नुभएको थियो र । अधिकारीले त यहाँको अर्थतन्त्र ध्वस्त पार्ने, यहाँका सारा विद्यार्थीलाई विदेश पठाउने, यहाँका कन्सल्टेन्सी मोटाउने काम र गर्नुभएको थिएन । अनसनमै बसेको मान्छे मर्दा राज्य चुप लागेर बस्ने, सवै नेता चुप लागेर बस्ने, तर गोविन्द केसी मर्नुहुन्छ भनेर राज्यले उहाँका सवै माग पूरा गर्ने ? यो पटक उहाँले के गर्नु भएको छ, तपाइलाई थाहा छ ? उहाँको माग पूरा भएपछि जुस खुवाउन शिक्षा सचिब राती ११ बजे हतार हतार त्यहाँ पुग्नु भयो ।

छोरा मार्ने ब्यक्तिलाई कारबाही गरिपाउँ भन्ने ब्यक्तिलाई चै अनसनमै मारिदिने, अनि सारा मान्छेलाई मार्ने माग राख्ने ब्यक्तिको माग चै पूरा गरिदिनु पर्ने ?

तर उहाँले के भन्नु भयो थाहाँ छ ? अबको २४ घण्टापछि मेरो साइत आउछ । म पर्सि साढे ९ बजे मात्रै अनसन तोड्छु भन्नुभयो । प्रधानमन्त्री छिटो गर्नुस् न छिटो गर्नुस्, गोविन्द केसी मर्नुहुन्छ भन्नु हुन्छ । २/३ सय मान्छे ब्यानर टागेर बाटामा निस्के । भनेपछि उहाँ नखाइ बस्नु भएको हो, खाएर बस्नु भएको हो, केके गरेर बस्नु भएको हो, यो इतिहासले बताउने कुरा हो । २ दिन अगाडि माग पूरा हुदाँ पनि अनसन तोड्न २ दिन पछाडि किन सार्नुभयो ? उहाँको अनसन केही पनि होइन के । मान्छेलाई दिग्भ्रमित पारेको मात्रै हो ।

गोविन्द केसी मर्दा के विग्रन्थ्यो र भन्नुभयो, यो त साह्रै तल्लोस्तरको जवाफ भएन र ?

नन्दप्रसाद अधिकारी त्यत्रो बर्ष अनसन बसेर मर्नुभयो । उहाँको माग पूरा भएन । नन्दप्रसादको माग पूरा गर्नु नपर्ने, अनि गोविन्द केसीको चै सवै माग पूरा गर्नुपर्ने ? छोरा मार्ने ब्यक्तिलाई कारबाही गरिपाउँ भन्ने ब्यक्तिलाई चै अनसनमै मारिदिने, अनि सारा मान्छेलाई मार्ने माग राख्ने ब्यक्तिको माग चै पूरा गरिदिनु पर्ने ? त्यो कुरा हेर्नुभएको छ ? उहाँले स्वास्थ्य शिक्षाको नाममा के के गर्नुभएको छ, त्यो तपाइलाई थाहाँ छ ?

भन्दिनुस् न के के गर्नुभएको छ ?

पोहोर साल १७ अर्ब रुपैयाँ विदेश गयो ।

के गरी ?

जहिले १२ कक्षाको परिक्षफल आउछ, जब नयाँ विद्यार्थी आउछ, जव नौलो विहानी लिएर विद्यार्थी बाहिर आउछ, अब म डाक्टर इन्जिनियर बन्छु भनेर विद्यार्थी आउछ, ठ्याक्क त्यो बेला पारेर उहाँ अनसन बस्नु हुन्छ । अनि सारा बाटामा नारा जुलस, डाक्टर भनेका यस्ता हुन्, माफियाले चलाएको भनेपछि के हुन्छ ? अहिले गण्डकी मेडिकल कलेजमा एक जना पनि मेडिकल पढ्ने विद्यार्थी छैन । अरु कलेको पनि हालत यस्तै छ । पोहोर साल ३२ हजार युवा युवती विदेशिए । यो बर्ष ३८ देखि ४० हजार होनहार युवायुवती विदेशिदैछन् ।

यसो गर्न सके त्यो क्षेत्रको ठूलो विकास हुन्छ भनेर लाग्ने मान्छे म माफिया ? राज्यको तबल खाएर आफ्ना सहयोगी डाक्टरको निगरानीमा सुइबाट खानेकुरा लिएर अनसन बस्ने चाही इमान्दार ?

के यी सवै विद्यार्थी मेडिकल पढ्दै थिए ?

मेडिकल पढ्ने सोच बनाएका थिए । तर अब नपढ्ने भनेर विदेशिए । डाक्टर भनेको घिनलाग्दो पेशा रहेछ भन्दै यो विषय नपढ्ने भनेर विदेशिए । तपाइलाई मैले भन्दैछु नि, नेपाल मेडिकल शिक्षाको हब भन्दै थियो । के गरी भने इन्डियामा मेडिकल पढ्न डेढ करोड आइसी लाग्छ । यो पैसा तिरेर नेपालीले एमविविएस गर्न सक्दैनन् । तर यहाँ ५० लाख रुपैयाँमा पढ्न पाइन्छ । यो ५० लाख भनेको १ बर्षको फिस होइन, ५ बर्षको हो । एमविविएस गर्न ६ बर्ष लाग्छ । त्यसको फिस हो । यहाँ काठमाडौंका स्कूलमा महिनाको १ लाख रुपैयाँ फिस लाग्छ । महिनाको १ लाखको दरले ५ बर्षको फिस कति हुन्छ ? ६० लाख भएन ? स्कूलमा ६० लाख लाग्छ भने यो त एमविविएसको शुल्क हो । त्यति सस्तोमा एमविविएस पढाउदा हामी माफिया ? तपाइलाई म भन्छु, साउदी अरबमा पेट्रोलियम पदार्थ छ, उसले त्यही बेच्छ । थाइल्याण्ड के प्रधान ? उसले पर्यटन बेच्छ । हामी इन्डियावाट चामल ल्याउछौं, बंगलादेशबाट दाल ल्याउछौं, अनि कृषि प्रधान ? नेपाल मेडिकल हब बन्दैथियो । भौतिक पूर्वाधार पुगेको छैन भने त्यो पूरा गर भन्ने । फ्याकल्टी पुगेको छैन भने त्यो पूरा गर भन्ने हो । अब फ्याकल्टी कसरी पुग्छ ? पहिलो, दोस्रो पीडिले पढ्दै थिए । अब पढ्नै नसक्ने बनाए । यो पेशालाई नै बद्नाम गराए । यही अवस्था रहने हो भने अब यहाँ प्लस टु शिक्षा पनि बन्द हुन्छ । बन्द गर्नुपर्ने अवस्था आउछ ।

किन ?

उहाँहरुको भनाइ अनुसार शिक्षण क्षेत्रमा लागेका सबै माफिया भए नि ।

तपाइ माफिया चै हो कि होइन ?

त्यही त । म तपाइलाई त्यही कुरा भन्दै थिएँ । गत बर्ष मैले राज्यलाई ६ करोड ४८ लाख रुपैयाँ कर बुझाएँ । स्वास्थ्य शिक्षा क्षेत्रतर्फ सवैभन्दा बढी कर बुझाउने करदाता भनेर राज्यले मलाई प्रमाणपत्र दिएको छ । म तपाइलाई त्यसको फोटोकपी दिउला । ५७१ जनालाई रोजगारी दिएको छु । विहानदेखि बेलुकासम्म भोकभोकै हिडेर, दुख गरेर सुदुरपूर्वमा एउटा मेडिकल कलेज ल्याउ, विकास गरुँ भनेर लागिरहेको छु । मेडिकल कलेज आयो भने २ हजार÷२२ सय जनालाई रोजगारी हुन्छ । भोलि युनिभर्सिटी बनाउँ, ५० हजारलाई रोजगारी हुन्छ भनेर लागेको छु । यसो गर्न सके त्यो क्षेत्रको ठूलो विकास हुन्छ भनेर लाग्ने मान्छे म माफिया ? राज्यको तबल खाएर आफ्ना सहयोगी डाक्टरको निगरानीमा सुइबाट खानेकुरा लिएर अनसन बस्ने चाही इमान्दार ? मैले पनि हस्पिटल चलाएँ ।

डा. सुरेश उप्रतिको नेतृत्वमा डा. कबिरनाथ योगीहरु उहाँकै विरोधमा छन् । ५७ जनाको फ्याकल्टीमा ५५ जना डाक्टरहरु उहाँको विरुद्धमा छन् । हिजो उहाँलाई ५७ जनाले नै साथ दिएको थियो । आज ती सवै उहाँको विरोधमा छन् । किन ?

गोविन्द केसी जस्ता १०० जना डाक्टर राखेँ । मलाई पनि यो कुरा थाहा भयो । मेडिकल साइन्स भन्ने कुरा मलाई पनि थाहा भयो । अब मलाई नसिकाउदा भयो । यसबर्ष इन्डियामा १६ बर्षसम्म अनसन बसेकी मान्छे निस्केर विहे गरिन नि । अनि उहाँ माफिया कि म माफिया ? तपाइले अर्काे भाइटल कुरा हेर्नुभएको छ ? अबको १५ देखि २० बर्षभित्रमा नेपालमा ठूलो डिप्रेसन आउदैछ । युवा युवती विदेश पलायन हुदैछन् । यो देश बृद्धहरुको मात्रै हुदैछ ।

अहिले जति पनि नेपाली देश बाहिर छन्, त्यो सबैको दोष गोविन्द केसीलाई दिने ?

यस्तै मान्छेको कारणले यो भएको हो । एउटा राजनीतिको कारणले सिर्जित अवस्था हो । दोस्रो गोविन्द केसी जस्ता मान्छेहरुले सिर्जना गरेको वातावरणको कारणले हो । तर दुर्गा प्रसाईले उत्पन्न गरेको कारणले चै होइन । म देशभक्त मान्छे हूँ । मेरा एउटा छोरा र एउटी छोरी छन् । दुबै डाक्टर हुन् । उनीहरु दुबै नेपालमै छन् । मेरो हस्पिटलको भित्तामा ‘हे नेपाल आमा तिमीलाई सन्सारकी राम्री बनाउला’ भनेर लेखेर राखेको छु । नेपालको राष्ट्रिय झण्डा राखेको छु । हस्पिटलको भित्तामा राष्ट्रिय गान राखेको छु । यो देश मेरो हो । म मरेर गए पनि यो देश बाच्नु पर्छ भन्ने मान्छे हूँ । मैले मेरो सम्पत्ति त सार्बजनिक बनाएँ बनाए, मेरा छोराछोरी दुबैलाई समाजको बनाएँ । अब मेरा छोराछोरी होइनन्, समाजका हुन् ।

तपाइ गोविन्द केसीलाई यस्तो गम्भीर आरोप लगाइरहनु भएको छ, उनका पछाडि ठूलो तप्का लागेको छ, पढेलेखेका, बौद्धिक मान्छे लागेका छन्, के ती सवै कुरै नबुझि लागेका बेबकुफ हुन् त ?

तपाइलाई म एउटा कुरा भनूँ ? कुन जमात छ उहाँको पछाडि ? कुन पढेलेखेको मान्छे छ उहाँको पछाडि ? उहाँको पछाडि लागेको यो मान्छे पढेलेखेको छ भनेर भन्नुस् त ? उहाँको पछाडि हिड्ने कोही कोही डाक्टरहरुलाई मैले भन्ने गर्छु कि ब्याको गाईलाई थाहा हुन्छ साथी हो, थारो गाईलाई थाहा हुदैन । तिमी पनि एउटा हस्पिटल बनाएर चलाएर देखाउ न अर्कालाई माफिया भन्नलाई । पहिला बैंकबाट ऋण लेउ न १२ प्रतिशत ब्याजमा । राज्यलाई कर बुझाउ न । तिमीले राज्यलाई कति कर बुझाइ रहेका छौं र अर्कालाई माफिया भन्दैछौ ? तिमी फलानो देशको राजदुत बन्नलाई कति पैसा खर्च गर्दैछौ ? केको लागि खर्च गर्दैछौं । उहाँको पछाडि कौन्सा बौद्धिक मान्छे छ ? उद्योगधन्दा चलाएको को मान्छे छ ? रोजगारी सिर्जना गरिरहेको कसले उहाँलाई सहयोग गरिरहेको छ ?

गोविन्द केसी जस्ता त १०० जना डाक्टर राखेको छु । किन चलाउन नसक्नु र । उनी केहि पनि होइनन् के ।

गोविन्द केसीलाई सहयोग गर्ने सवै मूर्ख नै हुन् त, लठैत जमात नै हो त ?

तपाइले बुझ्दै जानुस् न । उहाँलाई साथ दिने सवै अब मूर्ख बन्दैछन् । टिचिङ हस्पिटलका उहाँकै साथीहरुले अग्रवाललाई हटाउ भनेर तालाबन्दी गरेका छन् रे त । उहाँकै आग्रहमा अग्रवाललाई नियुक्ति दिइएको थियो । डा. सुरेश उप्रतिको नेतृत्वमा डा. कबिरनाथ योगीहरु उहाँकै विरोधमा छन् । ५७ जनाको फ्याकल्टीमा ५५ जना डाक्टरहरु उहाँको विरुद्धमा छन् । हिजो उहाँलाई ५७ जनाले नै साथ दिएको थियो । आज ती सवै उहाँको विरोधमा छन् । किन ? मलाई साथ दिन उनीहरुले त्यसो गरेका होइनन् । म उनीहरुलाई चिन्दिन । मैले उहाँहरुको नाम पनि पत्रिकामा पढेर थाहा पाएको न हो ।

राज्यसँगको विषयलाई तपाइले गोविन्द केसी जस्तो त्यागी, सादगी र निष्ठावान ब्यक्तिप्रति यो प्रकारको लान्छना किन लगाउनु भएको ?

मलाई राज्यले रोकेकै होइन । राज्यले दिन खोज्दा ‘खबरदार विएन्डसीलाई नदेउ’ भनेर उहाँले भन्नुभयो । मलाई अनुमति दियो भने फेरि अनसन बस्छु भनेर डा. गोविन्द केसीले भन्नुभएको छ । आइसीयुबाटै औलो देखाएर भन्नुभएको छ । पत्रिकामा फोटो आएको छ । अनि राज्यले के गरोस् त । एउटा मर्ने मान्छेको अगाडि राज्य झुक्यो । गोविन्द केसी संसदलाई रुल गर्नुहुन्छ । चिकित्सा शास्त्र नीति छिटो पारित गर भन्नु हुन्छ । उहाँ जनताको प्रतिनिधि हो ?

चिकित्सा विशिष्ठ प्रकारको शिक्षा हो, यसलाई ब्यवस्थित गर भन्दा गोविन्द केसीले अपराध नै गरेको भयो ?

उहाँको यो कुरामा म सहमत छु । कुनै पनि शिक्षा गुणस्तरहिन हुनुहुदैन । ब्यक्ति कोही पनि गुणस्तरहिन हुनुहुदैन । राजनीति पनि गुणस्तरीय हुनुपर्छ । इन्जिनियरिङ शिक्षा चै गुणस्तरीय हुनुपर्दैन ? एउटा डाक्टर बौलायो भने एक जना विरामी मर्छ । एउटा इन्जिनियर बौलायो र राम्रो भबन बनेन भने कयौंको ज्यान जान सक्छ । ओसामा विन लादेन एउटा मान्छे बौलाएर ट्वीन टावर भत्काउदा कति जना मान्छेको ज्यान गयो ? यहाँ डाक्टरको मात्र होइन सवै कुरा फेयर हुनुपर्छ । राजनीति फेयर हुनुपर्छ । अर्थतन्त्र चलाउने मान्छे फेयर हुनुपर्छ । बैंक फेयर हुनुपर्छ । घरमा श्रीमति फेयर हुनुपर्छ । छोराछोरी फेयर हुनुपर्छ । नेपाल नै फेयर हुनुपर्छ । स्वास्थ्य हुनुपर्छ ।

एक जना गोविन्द केसी सही बाँकी सवै नेपाली फटाहा ? उद्योग कलकारखना चलाउने, राज्यलाई कर बुझाउने सबै फटाहा ? उद्योग ब्यवसाय गरेर राज्यलाई कर बुझाउने, जनतालाई रोजगारी दिने माफिया ?

डा. केसीको र तपाइको कुरा मिल्दो रहेछ त, अनि फेरि किन उहाँलाई मुद्दा हाल्नु भएको ?

कसरी कुरा मिल्यो ? हामी सुधार गर्दै जाउ भन्छौं । उहाँ बन्द गरौं भन्नुहुन्छ । उहाँको र हाम्रो कुरा नमिलेको यहीनेर हो । म आठराईको पानी खाको कुमाईको बच्चा हो के । मलाई सम्पत्तिको लोभ होइन । म अहिले पनि भन्छु । म जन्मिदा मेरा बाउको तबेलामा १३/१४ वटा घोडा थिए । म राम्रै परिवारमा जन्मेको हो । भिखारीको परिवारमा जन्मेको होइन । म विएन्डसी हस्पिटल गोविन्द केसीलाई पास गर्दिन्छु । तर मेडिकल कलेज बनाउ । मैले मेरो लागि गरेको होइन । मेची अन्चलका २७ लाख जनतालाई उपहार दिएको हो । मलाई सम्पत्ति चाहिएको छैन । मेरो आयु अब १५/२० बर्ष हो । ३०० बर्षको होइन ।

अब चलाउन नसक्ने देखेर गोविन्द केसीलाई जिम्मा दिन खोज्नु भएको हो कि ?

चलाउन नसकेर होइन । चलिरहेको छ । गोविन्द केसी जस्ता त १०० जना डाक्टर राखेको छु । किन चलाउन नसक्नु र । उनी केहि पनि होइनन् के । बुढो प्रोफेसर डाक्टर हुन् । उनी र मसँगै अनसन बसौं न । टुडिखेलमा अगालो मारेर अनसन बसौं । त्यो अनसन पो अनसन हो । उहाँको अनसनले टिचिङ हस्पिटललाई हरेक दिन ५ लाख रुपैयाँ घाटा छ । टिचिङ ध्वस्त भएको छ । उहाँकै डिपार्टमेन्ट अर्थाेपेडिकलाई पहिला सुधार गर्नु नि । टिचिङमा मंगलवार र बिहिबार मात्रै किन अपरेसन हुन्छ ? त्यहाँका विरामी किन बाहिर पठाइन्छ ? राती खटेर अप्रेसन गर्न सकिदैन ? उहाँ भिसीको कुरा नमान्ने ? प्रधानमन्त्रीको कुरा नमान्ने ? शिक्षामन्त्रीको कुरा नमान्ने ? डिनको कुरा नमान्ने ? मान्ने कसको कुरा ? गतल के भयो भने उहाँले विहे गर्नु भएन । अरुले विहे गरे । फरक त्यहाँ छ । विहे गर्नु भएको थियो भने उहाँका सन्तानले ‘बाबा यस्तो गर्नुहुदैन, त्यो मान्छेले राम्रो काम गरेको छ भनेर भन्थे होलान् । एक जना गोविन्द केसी सही बाँकी सवै नेपाली फटाहा ? उद्योग कलकारखना चलाउने, राज्यलाई कर बुझाउने सबै फटाहा ? उद्योग ब्यवसाय गरेर राज्यलाई कर बुझाउने, जनतालाई रोजगारी दिने माफिया ?

त्यो भन्दा दुर जादा त इन्डिया पुगिन्छ । मेरो मेडिकल कलेजबाट १५ किलोमिटर उता इन्डिया छ । देशको सिमानाभन्दा पनि दुर जानु पर्ने मैले ?

तपाइ उहाँले उठाएको विषय भन्दा पनि उहाँप्रति नै बढी नकारात्मक बन्नु भएको रहेछ नि ?

उहाँसँग सहमत हुन त विषय पनि हुनुपर्यो । उहाँले उठाएको काठमाडौं उपत्यकामा मेडिकल कलेजको संख्या बढी भयो भन्ने मागसँग म सहमत छु । अहिलेको सन्दर्भमा यो ठिक छ । तर चीनले ५० अर्बको लगानीमा काठमाडौं उपत्यकामा एउटा मेडिकल कलेज खोलिदिन्छु भन्यो भने दिने कि नदिने ? एउटा गाडीले पुतलीसडकमा किचेर मान्छे मार्यो भन्दैमा सारा गाडी नै बन्द गरिदिने ? एउटा रुख लडेर मान्छे किच्यो भन्दैमा सारा जंगलै फाड्दिने ? अहिलेको लागि काठमाडौं उपत्यकामा मेडिकल कलेज बढी भयो, दुरदराजमा हुनुपर्यो भन्ने उहाँको माग ठिक हो । म दुरदराजमा गएकै छु त । डाक्टर गोविन्द केसी सरकारी नै हस्पिटल मेची अन्चल अस्पतालमा गएर बसे भयो नि । उहाँलाई चै काठमाडौं नै प्यारो । म त दुरदराज झापा नै गए त । मेरो छोरालाई डाक्टर बनाएर झापा नै पठाए । छोरीलाई पनि त्यही पठाए । त्यो भन्दा दुर जादा त इन्डिया पुगिन्छ । मेरो मेडिकल कलेजबाट १५ किलोमिटर उता इन्डिया छ ।

गर्न पनि अचाक्ली गरेको के । १०/१० पटक अनसन । मेची अन्चलका जनताले शिक्षा, स्वास्थ्य, उपचार र रोजगारी पाउदा गोविन्द केसीको टाउको दुख्नुपर्ने कारण के ? केदारभक्त माथेमा उफ्री उफ्री नाच्नु पर्ने कारण के ? डाक्टर अर्जुन कार्की उफ्री उफ्री नाच्नु पर्ने कारण के ? काठमाडौंमा बसेर चिल्ला गाडी चढेर हुन्छ ? त्यो ठाउमा शिक्षा, स्वास्थ्य चाहिदैन ? मजाक गरेको यिनीहरुले ?

देशको सिमानाभन्दा पनि दुर जानु पर्ने मैले ? खोक्रा नारा दिएर हुन्छ ? १०० रुपैयाँको सिटामोल लगेर दार्चुलामा बाडेर हुन्छ ? बेबकुफ बनाएर हुदैन । अर्थाेपेडिक डाक्टरले लगेर सिटामोल बाडेर हुदैन । अर्थाेपेडिक डाक्टरको काम हड्डी बनाउने हो । झाडा पखाला लागेको ठाउमा अर्थाेपेडिक डाक्टर गएर हुदैन के । फिजिसिएन जानु पर्ला । यो त टाउकाको दबाइ चाकमा लगाइ भने जस्तै हो । गोबिन्द केसीले फलानोलाई यतिवटा सिटामोल दिनुभयो भनेर पत्रिकामा ठूलाठूला अक्षरमा समाचार आउछ । हामी त १० औं लाख खर्च लाग्ने उपचारको पनि पैसा छैन भन्यो भने बाटोखर्च दिएर पठाउछौं । तर यस्तो समाचार आउदैन । यति मात्रै हो र । मिडियामा हाम्रो फोटो छापेर माफिया भनिएको हुन्छ । अनि हाम्रो चित्त बुझ्छ ? अनि के गर्नु त । गर्न पनि अचाक्ली गरेको के । १०÷१० पटक अनसन । मेची अन्चलका जनताले शिक्षा, स्वास्थ्य, उपचार र रोजगारी पाउदा गोविन्द केसीको टाउको दुख्नुपर्ने कारण के ? केदारभक्त माथेमा उफ्री उफ्री नाच्नु पर्ने कारण के ? डाक्टर अर्जुन कार्की उफ्री उफ्री नाच्नु पर्ने कारण के ? काठमाडौंमा बसेर चिल्ला गाडी चढेर हुन्छ ? त्यो ठाउमा शिक्षा, स्वास्थ्य चाहिदैन ? मजाक गरेको यिनीहरुले ? हरेक कुरामा क्लियर छ दुर्गा प्रसाई । म कोहीसँग डराउनेवाला छैन ।

१०० रुपैयाँको सिटामोल लगेर दार्चुलामा बाडेर हुन्छ ? बेबकुफ बनाएर हुदैन । अर्थाेपेडिक डाक्टरले लगेर सिटामोल बाडेर हुदैन । अर्थाेपेडिक डाक्टरको काम हड्डी बनाउने हो ।

गोविन्द केसी अनसन नबस्नु भएको भए तपाइले यसैगरी धम्क्याएर थर्काएर स्वीकृति लिनुहुन्थ्यो कि ?

मैले कसैलाई पनि धम्क्याएको छैन । म नेपालको संविधा मान्छु । अन्यायमा परें भनेर सर्वाेच्च अदालत गएको छु । मुद्दा हालेको छु । तिमी लाइसेन्स दिन्छौं सरकार, म त्यो लाइसेन्स देखाएर अर्बाैं रुपैयाँ ऋण लिएको छु । ५७१ जनालाई रोजगारी दिएको छु । सवै गरेपछि तिमी सरकार भन्छौं कि अब नचलाउ । नेपालको संविधानको धारा १७ ले प्रचलित कानुन अनुसार देशका जुनसुकै ठाउमा पेशा ब्यवसाय गर्न पाउने ब्यवस्था गरेको छ । मैले त्यही संविधान अनुसार सरकारवाट एलओआइ लिएर काम गरेको छु । सवै नीति निर्देशनको पालना गरेको छु । कानुनले दिएको भन्दा एक इन्च पनि तलमाथि गरेको छैन । वातावरणीय प्रभाव मूल्यांकन गराएको छु । भूकम्प प्रतिरोधात्मक पूर्वाधारको स्वीकृति लिएको छु । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएको छु । कर कार्यालयबाट स्वीकृति लिएर मैले मेडिकल कलेज सञ्चालन गरेको छु । मैले अनसन बसेर चलाएको छैन । धम्क्याएर चलाएको छैन । जब बाधा अड्चन आए, अनि म सर्वोच्च अदालतमा गएको छु ।

हाम्रो बि एण्ड सी मेडिकल कलेजका डाक्टरलाई एकातिर फर्काएर र गोविन्द केसीलाई एकातिर फर्काएर मान्छेको छिनेको हात जोड्न लगाउनोस्, कसले छिटो र राम्रोसँग जोड्दो रहेछ ?

तपाई कमजोर हुनुहुँदो रहेछ है ?

म कमजोर छैन । कसरी भन्दाखेरी नेपालमा संविधान छ, कानून छ । मैले न्याय पाउँछु । के मैले गोविन्द केसीसँग गएर लाप्पा खेल्नु ? कसैले खुट्टो टोक्यो भनेर तेसैको खुट्टो टोक्नु पर्छ भन्ने छैन नि । खुट्टो टोक्यो भने त त्यही भैहाल्यो नि ।

यहाँका मेडिकल कलेजहरुले उत्पादन गरेका विद्यार्थीहरु गुणस्तरीय भएनन् भन्ने व्यापक जनगुनासो छ, विभिन्न अस्पतालहरुमा रोग एउटा तर अर्कैको उपचार गरिदिएका घटनाहरुले त्यसको पुष्टि गर्दैन र ?

त्यो गलत कुरा हो । भारतमा पढेर आएकामध्ये मेडिकल काउन्सिलको परिक्षामा १८ प्रतिशतले फेल गरे । चीन र रसिया पढेर आएकाहरुले ९५ प्रतिशत, पाकिस्तान र बंगलादेश पढेर आएको २७ प्रतिशतले फेल गरे । तर, नेपालमा पढेका २ प्रतिशतले मात्रै फेल गरे । यी तथ्यांकहरुलाई हेरेर तपाई आँफै भन्न सक्नुहुन्छ । नेपालमा एउटा कुरा गलत हो, आवश्यक इक्विपमेन्ट नल्याउने । इक्वीपमेन्ट हुने हो भने नेपालमा जस्तोसुकै उपचार हुन्छ । एकसे एक डाक्टर छन् । हाम्रो बि एण्ड सी मेडिकल कलेजका डाक्टरलाई एकातिर फर्काएर र गोविन्द केसीलाई एकातिर फर्काएर मान्छेको छिनेको हात जोड्न लगाउनोस्, कसले छिटो र राम्रोसँग जोड्दो रहेछ ? अब शुल्ककै कुरा गर्नुहुन्छ भनेपनि टिचिङमा १०० रुपैयाँ छ हामीकहाँ ५० रुपैयाँमात्रै छ । टिचिङ अस्पतालमा राज्यको तलब खाने डाक्टर जम्मा २ घन्टामात्रै बस्छन् । म गोविन्द केसीलाई के भन्छुभने आजभन्दा ३ महिना अघि १५ वर्षको बच्चा म¥यो, जो हेमोडाइलोसिसको प्यासेन्ट थियो । डाक्टरले आएर त्यो बच्चाको बाउलाई भन्यो पैसा छैन भने उपचार हुँदैन । जानोस् पैसा लिएर आउनोस् । त्यो शब्द त्यो बिरामी बालकले सुन्यो र छतमा गएर हाम फालेर आत्महत्या गर्यो । त्यहाँ सुधार गरौं न । त्यहाँका डाक्टर पनि विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बसेर बिरामीको सेवा गरुन् ।

तपाईकै जस्तो पोजिसनमा रहेर फसेको लगानी कति जति होला ?

मेरोजस्तै करिब ५० अर्ब लगानी फसेको छ । मेरो मात्रै ५ अर्ब बढी लगानी फसेको छ । अब त कस्तो भइसक्यो भने गाउँमा बच्चालाई खाना खुवाउन पनि बाबु तैंले खाना खाइनस् भने अनसन बस्न गोविन्द केसी आउँछन् भन्नेजस्तो भइसक्यो । हरेकपटक डिन चेञ्ज गर्दाखेरी केसी अनसन बस्नुपर्ने, काठमाडौं विश्व विद्यालयको भीसी फेरिँदा गोविन्द केसी अनसन बस्नुपर्ने, बी एण्ड सी टिचिङ अस्पतालको सञ्चालक फेरिँदा गोविन्द केसी अनसन बस्नुपर्ने, अब हेर्दै जानुहोस् भारतीय राजदूत फेरिँदा पनि गोविन्द केसी अनसन बस्छन् । देशको प्रधानमन्त्री फेरिँदा पनि उनी अनसन बस्छन् ।

किन यस्तो भएको होला ?

केसीले यस्तै सिस्टम बनाइरहेका छन् । यहाँ राज्य छैन । छ त केवल गोविन्द केसीको अनसनको सिस्टम । हामी अहिले संविधान र कानूनमा हैन अनसन प्रणालीमा छौं । एकजना मान्छे बीर अस्पतालमा अनसनमै म¥यो । उसको बारेमा कसैलाई चिन्ता भएन । तर गोविन्द केसी मर्छन भनेर सरकार रातारात सबै माग पुरा गर्छ । तर, उनी ३ दिनपछि साइत हेरेर अनसन तोड्छन् ।

मफिया भनेको सुन्दा तपाईँलाई कस्तो लाग्छ ?

म आफुलाई मेडिकल कलेजको सञ्चालक भनेर चिनाउँदिन । दुर्गा प्रसाईँ मात्रै भनेर चिनाउँछु । मेडिकल कलेजको कार्यकारी निर्देशक भनेर आफ्नो परिचय दिन लाज लाग्न थालिसक्यो । गोविन्द केसीले डाक्टरहरु सबैको भविष्य बिगारिसके । नेपाल मेडिकलको हब बन्दै थियो । तर साफ बनाए ।

कसले ?

सबैजना मिलेर । जतिपनि विदेशमा विद्यार्थी पठाउएर कमाउने कन्सल्ट्यान्सी छन् नि । यो सब उनीहरुके खेल हो ।

त्यसो भए गोविन्द केसीले पैसा खाएर यो सब काम गरेका हुन् त ?

पैसा खाएका छन् कि छैनन् त्यो त उनको घरमा गएर मैले हेरेको छैन । पैसा नखाएको भए दिनभरी को भोकै बस्छ त फोगटमा ? काठमाडौंबाट साढे ५ सय किलोमिटर टाढा मेडिकल कलेज खुल्दाखेरी केदारभक्त माथेमाको टाउको किन चिलाउनु पर्ने ? मैले ७ सय ७१ जनालाई रोजगारी दिएको छु, म माफिया । अनि उनीहरु केही गर्दैनन, स्वास्नी पाल्ने हिम्मत नभएर बिहे नगनेहरु चाहीँ राम्रा मान्छे ? गाई ल्याएपछि गोबर सोर्नुपर्छ, घाँस दिनुपर्छ । हेरचार गर्नुपर्छ । तर किनेर दूध खान पाएपछि यहाँ कसले गाई पाल्ने ? यहाँ त सबै रेडिमेट पैसा कमाउने दाउमा छन् । कसले गर्छ दुख ?

तपाईँको लगानी त फसिसकेको छ, अब के गर्नुहुन्छ ?

म ढुक्क छु । मेरो मेडिकल कलेजले अनुमति पाउँछ । अनुमति पाइँन भने मेची अञ्चललाई छुट्टै राज्य बनाएर भएपनि त्यसैलाई विश्वविद्यालय बनाउछु र चलाउछु । हामी त्यहीँका मान्छेलाई एमबीबीएस पढाउँछौं । आखिर पृथ्वीनारायण शाहले आर्जेको मुलुक, झुण्ड झुण्ड बनाएर सबैले लुटिरहेकै छन् ।

छुट्टै राज्य बनाएर देखाउने तागत छ ?

किन छैन । हिँजो प्रचण्डले २ वटा बन्दुकबाट क्रान्ति सुरु गरेको होइन ? बिचार सही हुनुपर्छ, लक्ष्य सही हुनुपर्छ ।

तपाई पनि प्रचण्डले जस्तै बन्दुक उठाउने तयारीमा हो ?

बन्दुक उठाउनै पर्दैन नि, मलाई त्यहाँका २७ लाख जनताले साथ दिन्छन् । ५ दिनअघि नै १११ सदस्यीय समिति बनिसकेको छ । त्यो संघर्ष समितिले अब मेची अञ्चल बन्द गर्छ । बी एण्ड सी टिचिङ अस्पतालले अनुमति पाएन भने त्यहाँका जनताले हामी मेची अञ्चल बन्द गर्छौं । छुट्टै राज्य चलाउँछौं भनेर झापाका सीडीओलाई अल्टिमेटम दिइसके । हिँजो बाबुराम र प्रचण्ड दुई जनाले मात्रै बन्दुक उठाएका हुन् । माओत्सेतुङले पनि एक्लै बन्दुक उठाएका हुन् ।

भनेपछि अब तपाई माओत्सेतुङ, प्रचण्ड र बाबुरामजस्तै बन्ने ?

हिँजो क्रान्ति गरेकै मान्छे हूँ । ६ महिना सैनिक हिरासत बसेकै हूँ ।

कुन क्रान्ति ?

म जनयुद्धमा बन्दुक बोकेर हिँडेको मान्छे हूँ । माओवादीमा लागेर दुख गरेर हिँडेको मान्छे हूँ । क्रान्ति सफल होउञ्जेल २०६४÷०६५ सम्म क्रान्तिमा हिँडे । त्यसपछि मेरो आफ्नो पुग्दो सम्पत्ति छ ,किन झोला बोकेर रातदिन हिँडेर दुख गर्ने भन्ने सोचेँ । र, म आफ्नो काममा लागेँ ।

तपाईँ माओवादीमा लागेको मान्छे, अध्यक्ष प्रचण्डसँग राम्रो सम्बन्ध पनि छ भनिन्छ, प्रचण्डकै सरकार भएकाले आफ्नो मेडिकल कलेजले अनुमति पाउँछ भन्ने तपाईँको आत्मविश्वास हो ?

प्रचण्डसँग मेरो सम्बन्ध नराम्रो पनि होइन र राम्रो पनि होइन । प्रचण्ड देशको प्रधानमन्त्री हो, म यो देशको नागरिक । हाम्रो सम्बन्ध यत्ति हो ।

अदालतले तपाईको पक्षमा निर्णय दिएन भने ?

मेरो पक्षमा किन फैसला हुँदैन ? नहुनु पर्ने कारण के छ ? राज्यले कानूनसम्वत दिएको सैद्दान्ति सहमति कुनै एक व्यक्ति अनसन बस्यो भन्दैमा सम्मानित अदालतले उसको पक्षमा कसरी फैसला गर्न सक्छ ?

तर रोकियो नि त हैन र ?

मेरो त रोकिएको छैन, पैक्रिया अघि बढेको छ । ल हुन्छ मेची अञ्चललाई मेडिकल कलेजको आवश्यकता छैन भने म बन्द गर्न पनि तयार छु । त्यहाँका मान्छे भोलिदेखि सिलगुढी जान्छन् र लुटिन्छन् । गोविन्द केसी अहिले आउनुहोस् म अहिले अस्पताल उहाँको नाममा पास गरिदिन्छु । तर त्यहाँ मेडिकल कलेज संचालन हुनुपर्छ । गोविन्द केसी पनि सन्यासी, म पनि सन्यासी ।

मेडिकल कलेजमा मात्रै ५ अर्ब लगानी गर्ने तपाई पनि सन्यासी ?

आखिर मरेर के लान्छु र ? मैले मेडिकल कलेज खोलेर मेची अञ्चलबासीलाई उपहार दिएको हुँ ।


क्लिकमान्डु