विश्वमा नेपाली पासपोर्टको हैसियत यस्तो छ, अनि किन नपाउनु नेपालीले दुःख ?



बिदेश जानु नेपाली युवाको एकमात्र सपना जस्तै भएको छ । त्यसैले, अब त नेपाल केटाकेटी र बृद्ध बृद्धाको मात्र देश पो हुने हो कि समेत भन्न थालिएको छ ।

पढेलेखेका युवा अमेरिका, अष्ट्रेलिया र युरोप जान प्रयास गर्ने र नपाए मात्र अरु सोच्ने गर्न थालेका छन् । र, कम पढेका वा आर्थिक अबस्था कमजोर रहेकाहरुको रोजाइमा मध्यपूर्वका देशहरु पर्न थालेका छन् ।

तर नेपालीलाई बिदेश जान त्यति सजिलो भने छैन । धनी देशका नागरिक अत्यन्तै सहज रुपमा जहाजको टिकट मात्र किनेर यात्रा गर्न पाउँछन् । नेपालीले भने अनेक कागजात जुटाउने लगायतका काम गर्न महिनौं परिश्रम, पैसा र डौडधुप गर्नुपर्ने अवस्था छ । यसले धनी देशहरुका नागरिकहरुको बिदेश भ्रमण सजिलो, सस्तो र छिटो हुने गरेको छ भने नेपालीको गाह्रो, महङ्गो र पट्यारलाग्दो हुने गरेको छ ।

यसो हुनुको कारण नेपाली पासपोर्ट धनी देशका पासपोर्टको तुलनामा निकै कमजोर भएर हो । उनीहरुको तुलनामा नेपाली पासपोर्ट बोकेर बिना भिसा प्रवेश गर्न पाउने देशको संख्या निकै कम छ ।

सबैभन्दा बलियो पासपोर्ट भएका देशको सुचिमा पहिलो नम्बरमा रहेको जर्मनीका नागरिकले बिना भिसा विश्वका १५८ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले जम्मा ४० देशको भ्रमण बिना भिसा भ्रमण गर्न पाउँछन् । उक्त सूचीमा नेपाल ८७ औं स्थानमा रहेको छ ।

सो सूचीमा दोस्रो र तेस्रो स्थानमा रहेका देश स्वीडेन र फिनल्यान्डका नागरिकले क्रमश १५७ र १५६ देशको भ्रमण बिना भिसा गर्न पाउँछन् ।

छिमेकी देशहरु चीन र भारत उक्त सूचीको ७२ औं र ७८ औं स्थानमा छन् । उनीहरुले क्रमश ५६ र ४९ देशको भ्रमण सहज रुपमा गर्न पाउँछन् ।


क्लिकमान्डु