तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो



काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत पुगेको छ । संस्थागत निक्षेपकर्तालाई १० प्रतिशतभन्दा बढी ब्याजदर दिइसकेका बैंकहरुले सर्वसाधारणलाईपनि १० प्रतिशत ब्याजदर दिएर निक्षेप उठाउन थालेका हुन् ।

जनता बैंकले आजदेखि लागू हुनेगरी १०० दिने योजनाको १० प्रतिशत ब्याजदरमा निक्षेप उठाउने योजना ल्याएको छ । व्यक्तिगत तर्फको निक्षेपमा यो अहिलेसम्मको उच्च ब्याजदर हो ।

पुस मसान्तमा कर प्रयोजनको लागि ३० देखि ४० अर्ब सरकारी खातामा जाने भएको हुँदा बैंक तथा वित्तीय तरलताको थप चाप परेको बैंकरहरुले बताएका छन् । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशत नजिक पुगेको हुँदा बैंकहरुलाई ब्याजदर बढाएर भएपनि निक्षेप उठाउनुपर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्- बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम झन् बढ्यो


पुष्प दुलाल