मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु



काठमाडौं । आसन्न तीनै तहको निर्वाचनको तयारीस्वरुप विभिन्न जिल्ला जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु भएको छ । हाल विभिन्न जिल्लाका गाउँहरुमा नामावली संकलन तथा अद्यावधिक कार्य शुरु भएको हो ।

अहिले फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालनका लागि गाउँगाउँ टोली परिचालन गरेको छ ।

पुस दोस्रो सातादेखि सुरु भएको सङ्कलन तथा अद्यावधिक कार्य हालसम्म विभिन्न जिल्लाहरूमा सम्पन्न भइसकेको छ ।

आउँदो माघ १४ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न जिल्लामा टोली परिचालन गरिएको छ । यसअघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोबास गरिरहेका, बसाइँसराइ, मृत्यु, आदि कारणले अद्यावधिक गर्नुपर्ने र नयाँ नागरिकता लिएका मानिसले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिन लागेको हे ।

विभिन्न राष्ट्रिय निर्वाचन, जनमत सङ्ग्रह, स्थानीय निकायको निर्वाचनलगायत प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली तथा अद्यावधिक कार्य भइरहेको हो । निर्वाचन आयोगले निर्वाचनमा हुने गरेका त्रुटि सच्याउन र मतदाता नामावली अद्यावधिक गर्न फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कामको २०६७ भदौ २८ गतेदेखि नै थालनी गरेको हो ।

उमेरले १६ वर्ष पुगेपछि नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता बन्नका लागि १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


क्लिकमान्डु