प्रथम चौमासिकमा चार करोड राजश्व सङ्कलन



काठमाडौँ । वन विभागले आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिकमा रु चार करोड १४ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ ।

विभागले प्रथम चौमासिकमा वन पैदावार बिक्री वितरणबाट उक्त रकम सङ्कलन गरेको हो । काठ दाउराबाट रु तीन करोड १६ लाख ५२ हजार, अर्गेली बिक्रीबाट रु तीन हजार, सामुदायिक वनबाट रु ६६ लाख ३८ हजार र नीजी वनबाट रु ३१ लाख २८ हजार आर्जन गरेको विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले जानकारी दिए ।

यस्तै विभागले चार महिनाको अवधिमा ७४ वटा वनलाई सामूदायिक वनको स्वीकृती दिएको छ भने २७२ सामुदायिक वन नविकरण गरेको छ । कबुलियती वनतर्फ भने ३३ वनको नविकरण गरेको छ । विभागले जिल्ला वन कार्यालयमार्फत ४० हजार ७०७ क्युफिट काठ उत्पादन गरेको छ । रासस


क्लिकमान्डु