पुर्ननिर्माण प्राधिकरणका सिईओले बुझाए स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण  बुझाएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले स्पष्टीकरण पत्र बुझाएका हुन् ।

ज्ञवालीले आफ्नो बारेमा आएका विभिन्न प्रश्नहरुको फेरिहस्तसहितको स्पष्टिकरण बुझाएका हुन् ।

उनको स्पष्टीकरणमा पुननिर्माण सन्तोषजनक र सही मार्गमा रहेको उल्लेख गरेकाछन् । साथै उनले प्रधानमन्त्री आफैंले अझ अग्रसता लिएको भए वा अर्थ मन्त्रालयले समयमा रकम निकासा गरेको भए पुननिर्माणले गति लिने थियो भन्ने जिकिर पनि गरेका छन् ।

५ वर्षका लागि बनेको प्राधिकरणलाई एक वर्षमा सबै काम गरिनस् भनेर प्रश्न गर्नु पनि उचित नभएको उल्लेख गरेको बताईएको छ ।

पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीको काम चित्त बुझ्दो नभएको भन्दै सरकारले केही समयअघि उनलाई स्पष्टिकरण सोधेको थियो ।


क्लिकमान्डु