१७ खर्ब भारु काण्डको रोजभ्याली प्रकरणमा नेताहरु तानिदै



रोजभ्याली अध्यक्ष कुंडू

काठमाडौं । भारतको तृणमूल काँग्रेसका सांसद तथा पूर्वकेन्द्रीय मन्त्री सुदिप बंद्योपाध्याय गिरफ्तार भएका छन् । उनलाई रोज भ्याली घोटालमा सहयोग गरेको आरोपमा गिरफ्तार गरिएको हो । उनको गिरफ्तारी पछि रोज भ्याली घोटाला फेरि एक पटक चर्चामा आएको छ ।

बंद्योपाध्यायलाई आफ्नो शक्तिको दुरुपयोग गरेर रोज भ्याली कम्पनीलाई सहयोग पु¥याएको आरोपमा गिरफ्तारी गरिएको बताइएको छ । उनीसँग भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले पूछताछ गरिरहेको छ ।

यसभन्दा अघि तृणमूल कांग्रेस सांसद र बंगाली फिल्ममा सुपर स्टारसमेत रहेका तापस पाललाई पनि सीबीआइले गिरफ्तार गरेको थियो ।

तापस पाल

पाल रोज भ्यालीको निर्देशक रहिसकेका छन् । गिरफ्तारी पूर्व उनले पदबाट राजिनामा दिइसकेका थिए ।

के हो रोज भ्याली घोटला ?
सुप्रीम कोर्टले सीबीआइलाई रोज भ्याली षडयन्त्रमा सहयोग गर्ने व्यक्तिहरु पत्ता लगाएर कारबाही गर्न आदेश दिएको छ । त्यस अनुरुप सुदिप बंद्योपाध्यायलाई पक्राउ गरेको हो ।

रोज भ्यालीले जनताको १७ हजार करोड भारतीय रुपैयाँ जम्मा गरेको थियो । यसको ठूलो हिस्सा पश्चिम बंगाल, पूर्व र पूर्वत्तरको राज्यबाट उठाइएको थियो ।

सुदिप बंद्योपाध्याय

कम्पनीको मालिक गौतम कुंडू त्रिपुरा बस्ने व्यक्ति हुन । उनका भाई, बुहारी र भतीज जुन गाडीमा गएका थिए, त्यो गाडी मेघालयको राजधानी शिलाञ्जको एक पोखरीमा डुबेको थियो । सो गाडीको ड्राइभर बाहेक सबै मानिस मरेका थिए । यो एक रहस्यको रुपमा रहेको छ ।

यो समूह फिल्म र मिडिया व्यवसायमा सक्रिए रहेको छ । यस कम्पनीले गौतम घोषको निर्देशनमा ‘मोनेर मानुष’ को निर्माण गरेको छ । यसका साथै बंगालमा मनोरञ्जन र न्यूज च्यानल पनि रहेको छ, जुन बंगाल र आसममा लोकप्रीय छ ।

गैरकानूनी रुपमा जम्मा गरेको पैसाको ठूलो हिस्सा गलत तरिकाबाट निकालेको आरोप रोज भ्याली माथि रहेको छ । निकालेको पैसाको ठूलो हिस्सा विदेश पठाएको आरोप पनि रहेको छ ।

तृणमूल कांग्रेसका केही नेताको सहयोगमा कम्पनीका मालिक कुंडले जम्मा भएको पैसाको ठूलो हिस्सा देश बाहिर पठाएको आरोप छ । यो कार्यमा कांग्रेस नेताका साथै कम्युनिस्ट पार्टी (माक्र्सवादी) का केही नेताले पनि साथ दिएका थिए ।

तृणमूल कांग्रेसका केही नेतामाथि गैरसरकारी संस्थाहरु मार्फत पैसा बाहिर पठाउनका लागि कुंडलाई सहयोग गरेको आरोप रहेको छ । कुंडले त्यस बापत उनीहरुलाई गाडी, फ्याट र अरु महंगो उपहार दिएका थिए । रोज भ्यालीले नेताहरुको विदेश भ्रमणको व्यवस्था पनि गरेको थियो ।

गौतम कुंडूलाई मार्च २०१५ मा एन्फोर्समेन्ट डाइरेक्टरेटले गिरफ्तार गरेको थियो । उनी माथि लागेको आरोप जनवरी २०१६ मा सीबीआईले सही प्रमाणित गरेको थियो ।

सुदिप बंद्योपाध्याय माथि भारतीय दण्ड संहिताको धारा ४२०, १२०(बी) र दोश्रो धारा मार्फत धेरै आरोप लगाइएको छ । उनलाई आज ओडीशाको राजधानी भुवनेश्वर लगिने छ । त्यहाँ सीबीआईले आरोपमाथि जाँच गर्ने छ ।

बिबिसी हिन्दीको सहयोगमा


क्लिकमान्डु