४ महानगर , १२ उपमहानगर , र ७१९ वटा स्थानीय तह रहने प्रस्ताव



काठमाडौं । संख्या तथा सीमाना निर्धारण अयाेगले ७१९ वटा स्थानीय तह रहने निर्क्याेल गरेकाे छ ।

गाउँ पालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रकाे संख्या तथा सीमाना निर्धारण अयाेगले स्थानीय तह ७१९ रहने गरी तयार पारेकाे प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएकाे छ ।

आयोगका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालार्इ महानगर बनाउन प्रस्ताव गरिएको छ ।

विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुरलार्इ उपमहानगर बनाउन आयोगले सुझाव दिएकाे छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले अायाेगकाे प्रतिवेदन बुझ्ने निर्णय गरेपछि अाज प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाएकाे हाे ।


क्लिकमान्डु