वारेन बफेटले अर्बपति बनाएका परिवार



वारेन बफेट

वारेन बफेटले तपाइको कम्पनी किन्ने इच्छा देखाएमा पैसा होइन, उनको कम्पनी बर्कसाएर हाथवेको सेयर माग्नुस् । यस्तै रणनीति अपनाएर अमेरिकाको केही परिवारले अर्बौं डलर कमाएका छन् ।

अर्बैं डलर सम्पत्ति भएका केहि परिवारको बफेटको कम्पनी बर्कसाएर हाथवेसँग सम्बन्ध छ ।

आल्फोन्ड परिवार
ह¥यारोल्ड आल्फोन्डले सन् १९९३ मा बफेटलाई आफ्नो डेक्सटर सु कम्पनी बेचेका थिए । त्यसको बदलामा उनले बर्कसाएर हाथवेको ३० करोड डलर बराबरको सेयर लिए । बर्कसाएर हाथवेको बढेको मुल्यका कारण सन् २००७ मा उनी ४.२ अर्ब डलरको मालिक थिए । सन् २००७ मा उनको मृत्यू भइसकेको छ ।

डेक्सटर सु कम्पनी बेचेपछि आल्फोन्ड परिवार बर्कसाएर हाथवेको दोस्रो ठूलो सेयरधनी भयो । र, उनीहरुको सेयरको प्रतिफल १२७५ प्रतिशत थियो ।

बुथ परिवार
फ्राङ्कलिन बुथले सन् १९६३ मा बर्कसाएर हाथवेसँग आफ्नो एक रियलस्टेट कम्पनीको डिल गर्दा भएको १० लाख डलर फाइदा बर्कसाएर हाथवेको सेयरमा लगानी गरे । सन् २००८ मा उनको कुल सम्पत्ति २ अर्ब डलरसम्म पुग्यो । उनको लगानीको प्रतिफल २७७,७०० प्रतिशत थियो ।

यूल्टिची परिवार
बफेटले यो परिवारसँग सन् १९९६ मा हवाइ उडानसँग सम्बन्धित कम्पनी किनेका थिए । बदलामा यो परिवारले बर्कसाएर हाथवेको १.५ अर्ब डलर बराबर सेयर लियो । जुन, सन् २०१२ मा २.९ अर्ब डलर भयो । यो परिवारको प्रतिफल प्रतिशत थियो ९३ प्रतिशत ।


क्लिकमान्डु