साढे ११ अंकले बढ्यो नेप्से, दुई समूह बाहेक सबै हरियो




काठमाडौं । साताको कारोबारको दोश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा परिसुचक ११.५२ अंकले बढेर १४५८.९७ अंकमा अडिएको छ ।

आज १ सय १७ कम्पनीको ४ लाख ३५ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएको छ । बजारमा २६ करोड ४५ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा दुई समूहको परिसूचक रातो देखिएको छ भने बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक ५.३९ र विकास बैंकको परिसूचक १.४७ अंकले घटेको हो । सबैभन्दा बढि बीमा समूहको परिसूचक १४७.८३ अंकले बढेको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै मुल्य २,७७३/- प्रति कित्ता सेयरमा किनबेच भएको थियो । २ करोड ८८ लाखको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी पनि भएको छ ।


क्लिकमान्डु