नेपाल बायुसेवा निगममा खुल्यो २० पाइलटको लागि जागिर




काठमाडौं । नेपाल वायुसेवा निगमले २० जना नयाँ पाइलट थप्ने भएको छ । निगमले ७ क्याप्टेन र १३ सिनियर को–पाइलटका जागिर खुलाएको हो ।

नेपाल वायुसेवा निगमले प्रथमपटक २०७३/०९/२६ गते गोरखापत्रमा सूचना प्रकाशित गरी २० पाइलट माग गरेको हो ।

नेपाल वायुसेवा निगमले गोरखापत्रमा निकालेको विज्ञापन नम्बर २२/०७३/७४ अनुसार क्याप्टेन ८ (ए) तहका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एअर ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्राप्त गरी कम्तीमा ४ वर्ष प्रमुख क्याप्टेनको रुपमा उडान सञ्चालन गरेको अनुभब हुनुपर्ने छ ।

क्याप्टेन पदका लागि खुल्ला ४, महिला १, आदिवासी/जनजाति १ र मधेसी १ गरी जम्मा ७ क्याप्टेन निगमलाई आवश्यक परेको हो ।

यस्तै विज्ञापन नम्बर २३/०७३/७४ अनुसार सिनयिर को–पाइलटका लागि नेपाल नागरिक उड्डयान प्राधिकरणबाट कमर्सियल लाइसेन्स प्राप्त गरि कम्तीमा २ वर्ष र १ हजार घण्टा उडान संचालन गरेको हुनु पर्ने छ ।

खुल्ला तर्फ ७, महिला २, आदिवासी÷जनजाति २, मधेसी १ गरी जम्मा १३ सिनयिर को–पाइलट निगमलाई आवश्यक परेको हो ।

आवेदकले सूचना प्रकाशित भएको मितिदेखि माग १७ गतेसम्म १ सय र माग २४ गतेसम्म दोब्बर दस्तुर तिरेर काठमाडौं उपत्यकामा रहेको नेपाल बैंकको कुनै पनि कार्यालयबाट निगमको खाता नम्बर ०००२–११–००१९४५६ जम्मा गरी भौचरको पछाडी विज्ञापन नम्बर, पद तथा उम्मेदवारको नाम उल्लेख गरी सूचना प्रकाशित भएको २१ दिन भित्रमा दरखास्त फारम निगमको केन्द्रिय कार्यालय, न्यूरोडबाट प्राप्त गर्न सकिन्छ ।

यसरी फर्म भर्ने आवेदकले परीक्षाको तालिका प्रकाशित भएपछि क्याप्टेन पदका लागि २ हजार रुपैयाँ परीक्षा दस्तुर र एक भन्दा बडी समूहमा दरखास्त पेस गर्नु परेमा प्रत्यक थप समूहका लागि १ हजार रुपैयाँ लाग्ने छ ।

सिनियर को–पाइलट पदका लागि १५ सय रुपैयाँ र एक भन्दा बडी समूहमा दरखास्त पेस गर्नु परेमा प्रत्यक थप समूहका लागि ७ सय ५० रुपैयाँ लाग्ने छ ।


क्लिकमान्डु