अबदेखि पुनरकर्जा सुविधा एक वर्षको पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि एक वर्षको लागि पुनरकर्जा सुविधा  दिने भएको छ । राष्ट्र बैंक ऐन २०५८ को दोस्रो संसोधन विधयेकले पुनरकर्जाको अवधी एक वर्ष  बनाएको हो ।

राष्ट्र बैंकले ऐनमा भएको संसोधन अनुसार निर्देशिका जारी गरेर पुनरकर्जाको अवधी बढाएको हो । राष्ट्र बैंकले जलविद्युत् तथा निर्यातजन्य उद्योगको लागि पुनरकर्जा सुविधा दिने गर्छ । एक वर्ष अवधीसम्म पुनरकर्जा पाइने भएपनि यसको बढी फाइदा निर्यातकर्तालाई हुने देखिन्छ । यस्तै राष्ट्र बैंकले पुनरकर्जा सुविधा प्राथमिकता पुँजीको २५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ ।


क्लिकमान्डु