१८ अंकले बढ्यो नेप्से परिसुचक, दुई समूह बाहेक सबै हरियो



काठमाडौं । साताको कारोबारको तेश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १७.९३ अंकले बढेर १४७६.८९ अंकमा अडिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज १ सय २६ कम्पनीका ५ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ३७ करोड ३२ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा दुई समूहको परिसूचक रातो देखिएको छ भने बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक १२.४१ र अन्य समूहको परिसूचक १.४५ अंकले घटेको हो ।

एनबी इन्स्योरेन्स कम्पनी र कर्णाली विकास बैंकको झण्डै १० प्रतिशतले बढ्यो भने, पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक र नेपाल इन्स्योरेन्सको क्रमश: ८.८९, ७.५१ र ६.५९ प्रतिशत बढेको हो ।

महालक्ष्मी विकास बैंक र पूर्णिमा विकास बैंकले ७ प्रतिशत भन्दा माथि गुमाउँदा माउन्ट मकालु विकास बैंक, मिथिला लघुवित्त र राष्ट्रिय बीमा कम्पनीकाे क्रमशः ४.८८, ३.७४ र २ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु