शाओमीको ‘रेडमी फोर ए’ बजारमा



काठमाडाैं । शाओमीले नेपाली बजारमा रेडमी फोर ए (Redmi 4A) स्मार्टफोन सार्वजनिक गरेको छ । शाओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा शाओमीको नयाँ फोन रेडमी फोर ए ल्याएको हो ।

५ इन्चको एचडी आइपीएस डिस्प्ले भएको यो स्मार्टफोन १.४ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ४२५ प्रोसेसर राखिएको छ ।

यो स्मार्टफोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीको सहयोगमा १२८ जीबीसम्म पुर्याउन सकिन्छ । फोनमा ३१२० एमएएचको ब्याट्री प्याक रहेको छ ।

फोटोका लागि स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.०.१ भर्सनमा आयोजित यो स्मार्टफोनको बजार मूल्य रु. १४,९९९ तोकिएको छ ।

रेडमी फोर ए स्मार्टफोन बजारमा एमआई शोरुमहरु लाबिम तथा पाको न्यूरोडमा खरिद गर्न सकिन्छ भने एमआई नेपालको आधिकारिक वेबसाइटबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु