आजदेखि नेपाल लाइफको एफपिओ




काठमाडौं । नेपाल लाइफको फ्रदर पब्लिक इस्यु(एफपियो) आजदेखि हुँदै छ । साधारण सेयरमा १०० रुपैयाँमा १३ सय २५ रुपैयाँ थप गरेर १४ सय २५ रुपैयाँ प्रतिकित्ताको दरले नेपाल लाइफले एफपियो निष्कासन गर्न लागेको हो ।

कम्पनीमा न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार ९ सय ६० कित्तासम्म आवेदन दिन पाइने छ । निष्कासन छिटोमा माघ २ मा र ढिलोमा १२ गते बन्द हुने बताइएको छ । नेपाल लाइफको एफपियोको बिक्री प्रवद्र्धकका रुपमा रहेको सिदार्थ क्यापिटलले यसमा आस्वा प्रणाली लागु नहुने जनाएको छ ।

आस्वा प्रणाली लागु नहुँने नेपाल लाइफको एफपियो अन्तिम हो । यसपछि जारी हुने सेयर निष्कासनमा आस्वा प्रणाली लागु हुने छ ।


क्लिकमान्डु