एनआईसी एसिया बैंकले एक बर्षमा ५३ नयाँ शाखा थप्यो, भाद्र ३० गते साधारण सभा



एनआईसी एशिया बैंकले आफ्नो २० औं साधारण सभा यहि भाद्र ३० गते गर्ने भएको छ ।

उक्त साधारण सभामा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी रोशन कुमार न्यौपानेले जानकारी दिए ।

गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको न्यौपनेले जानकारी दिए ।

त्यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा पुर्याएको छ । साथै, गत आर्थिक बर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा बैंकले ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ ।


क्लिकमान्डु