दशै आयोः यी हुन् ७० प्रतिशतसम्म छुट दिने काठमाडौंका सपिङ सेन्टरहरु




काठमाडौं । नेपालीहरुको महान चाड दशै नजिकिँदै गरेको छनक काठमाडौं उपत्यका भित्रका सपिङ सेन्टरहरु देख्न थालिएको छ ।

विभिन्न सेन्टरहरुले ग्राहक तान्न दशै लक्षित अफरहरु सार्बजनिक गर्न थालेका छन् । सेन्टरहरु विभिन्न उपहारहरुको तयारीमा जुटेका छन् ।

दशैलाई मध्येनजर गर्दै काठमाडौंको जमलमा रहेको विश्व ज्योती मलका सम्पूर्ण पसलहरुमा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । ३० वटाभन्दा बढी पसलहरु रहेको विश्व ज्योती मलले लक्की ड्रमार्फत भाग्यमानी ग्राहकलाई बम्पर उपहारको पनि व्यवस्था गरेको छ ।

सिटी सेन्टरका केही पसलहरुमा भने ७० प्रतिशतसम्म छुटको ब्यवस्था छ ।

विश्व ज्योती मल भित्र रहेको जे टि सि सपले आफ्ना ग्राहकहरुको लागि २५ प्रतिशतदेखि ३० प्रतिशतसम्मको छुट दिने व्यवस्था मिलाएको छ । जेटिसिका कर्मचारी रिमा लामाका अनुसार सो पसलमा १ हजारदेखि १० हजार रुपैयाँसम्म मूल्यका कपडाहरु छन् जसमा ३० प्रतिशतसम्म छुट दिने योजना राखिएको छ ।

यस्तै, लेडिज कपडाहरु रहेको ओसिस सपमा भने ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ओसिसकी कर्मचारी एलिना राइका अनुसार सो पसलमा १ हजारदेखि ५ हजार रुपैयाँसम्मका लेडिज कपडाहरु राखिएको छ । यस्तै गौतम ट्रेडमा भने ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।

यसैगरी १ सयभन्दा बढी पसलहरु रहेको सिटी सेन्टरले पनि आउँदो दशैको लागि विभिन्न अफरहरु राख्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि सिटी सेन्टरले सबै पसलहरुमा ५० प्रतिशतसम्मको छुट राख्ने सेन्टरको मार्केटिङका रोजल शाहीले बताए । सिटी सेन्टरका केही पसलहरुमा भने ७० प्रतिशतसम्म छुटको ब्यवस्था छ ।

यसबर्ष सिटी सेन्टरले दुई महिनाको फेस्टिभल इभेन्ट राख्ने पनि जनाएको छ । सिटी सेन्टर फेस्टिभल इभेन्ट सेप्टेम्भर १ देखि अक्टोभर २८ सम्म सञ्चालन हुनेछ ।

दशैको उपलक्ष्यमा आयोजना हुन लागेको यस फेस्टिभल इभेन्टमा लकी ड्र तथा विभिन्न गेमहरुको आयोजना गरिने शाहीले बताए । सिटी सेन्टरले दशैकै लागि ५ सयदेखि १० लाख मूल्यका विभिन्न उपभोग्य बस्तुहरु भित्राएको छ । यस्तै यहाँका केही पसलहरुमा बाइ वान गेट वानको अफर पनि राखिएको छ । सिटी सेन्टरले नै भने बम्वर प्राइज र सरप्राइज गिफ्टको व्यवस्था गर्ने भएको छ ।


क्लिकमान्डु