दशै आयोः कहाँ कति मूल्यमा कस्ता श्रृगार सामाग्री पाइन्छ ?




काठमाडौं । हुन त श्रृगारका सामाग्री प्रयोग गर्न महिलाहरुलाई कुनै पर्ब या उत्सव आउनै पर्दैन । हरेक दिन कुनै न कुनै श्रृगार समाग्री महिलाले प्रयोग गर्छन् नै ।

त्यसमाथि पनि अहिले नेपालीहरुको महान चाड दशैले झ्याप्पै छोपेको छ । दशै लागिसकेको नभएपनि किनमेल र दशैको आवश्यक सामाग्री जोहो गर्ने हतारो धेरैलाई हुन थालिसकेको छ । आफन्त र मान्यजनबाट आशिर्वाद थाप्नेसँगै मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्ब दशैमा स्मार्ट बन्न नचाहने कोही हुदैन ।

पछिल्लो समय पुरुषहरु पनि क्रिम प्रयोग गर्न निक्कै माहिर भइसके । पुरुषले प्रयोग गर्ने क्रिम एक्स मेन हाल नेपाली बजारहरुमा उपलब्ध छ ।

दशैको अन्तिम समयमा किनमेल गर्दा कुनै सामाग्री छुट्ने वा झुक्किने हुन सक्छ । यस्तै हतारोमा सपिङ गर्दा गुणस्तरहीन सामानलाई बढी मूल्य तिर्नुपर्ने पनि हुन सक्छ । त्यसैले धेरै उपभोक्ताहरुले आफूलाई चाहिने सामानको बन्दोबस्त अलि छिटै गर्ने गरेका पनि छन् ।

दशैमा १५ लाखभन्दा बढी मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका अघिल्लो बर्षहरुको तथ्यांकले देखाउँछ । शहरमा बस्दा तपाइ कुनै बन्द कोठामा आआफ्नो पेशा ब्यवसाय गरिरहनु भएको हुन सक्छ । दशैको लागि उपत्यका बाहिर जाँदा घामले तपाइलाई प्रभाव पार्न सक्छ । फेरि हावापानी पनि परिवर्तन हुन्छ ।

यस्तो बेलामा आफ्नो सुन्दरता बचाउन, छालाको हेरचाह गर्न वा स्मार्ट देखिन विभिन्न श्रृगार सामाग्री वा सनक्रिमहरु प्रयोग गर्नु उपयुक्त हुन सक्छ । त्यसको लागि तपाइ जाने ठाउको परिवेश अनुसारको श्रृगार सामाग्री छनोट गर्नु तपाइको जिम्मेवारी हो ।

यसैक्रममा हामीले दशैलाई मध्यनजर गर्दै महिलाले प्रयोग गर्ने श्रृगार सामाग्रीको मूल्यका बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

महिलाहरुको जीवनमा अत्यन्तै महत्वपूर्ण मानिने मेकअपका सामानहरु मध्ये सधैँ प्रयोग हुने क्रिमका प्रडक्टहरुको मूल्य के सबै ठाउँमा एउटै होला त ? अवश्य हुँदैन ।

तपाइले खरिद गर्ने ठाउँ अनुसार यी सामानहरुको मूल्य पनि फरक हुने गर्छ । यसैलाई ध्यानमा राखेर हामीले विभिन्न कस्मेटिक स्टोरहरुमा गएर विभिन्न क्रिमहरुको मूल्यका बारेमा जानकारी संकलन गरेका छौं ।

चाबहिलको प्रकाश स्टोरका अनुसार धेरै विक्री हुने क्रिमहरुमा लोटस, डोए, लरियल र सेहेनाज जस्ता क्रिम प्रडक्टहरु पर्दछन् । यी सबै प्रडक्टहरुको मूल्य २ सय ४० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्ने प्रकाश स्टोरका बिक्रेता प्रकाश शर्माले जानकारी दिए ।

यस्तै महिलाहरुले प्रायः प्रयोग गर्ने फेयरनेसक्रिम पोन्डसको मूल्य भने १ सय १० देखि ८ सय रुपैयाँसम्मको पनि पाइन्छ । कम्प्याक्टहरुमा लोटस, लरियल र ल्याक्मे रहेको छ । यी सबैको मूल्य २ सय ८० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म पर्ने गर्छ ।

क्रिमहरुमा तुलनात्मक रुपमा कम बिक्री हुने भनिएको टिबीसी र फेसिएल क्रिमहरु पनि छन्, जुन अहिले विक्री हुन मुस्किल परिरहेको बिक्रेताहरु बताउँछन् ।

चाबहिलमै रहेको सोभा स्टोरका अनुसार हाल बजारमा १० रुपैयादेखि १ हजार ५ सय रुपैयाँसम्मको कस्मेटिक क्रिमहरु छन् । सो पसलमा रहेको न्यू लुक क्रिमको मूल्य साइज अनुसार ५० रुपैयाँदेखि ५ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

गार्निया १ सय २० रुपैयाँदेखि ४ सय रुपैयाँसम्मको मूल्यमा बजारमा पाइने गर्छ । टिबीसी फेस वास भने १ सय १० रुपैयाँदेखि ४ सय ५० रुपैयाँ सम्ममा बिक्री भइरहेको सोभा स्टोरका ब्यापारी प्रतिश न्यौपानेले बताए । सो पसलमा रेभ्लोनको कम्प्याक पनि ७ सय ७२ रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

चायापोतोको लागि धेरै प्रयोग हुने स्किन लाइकको मूल्य १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँसम्म पर्छ ।

पछिल्लो समय पुरुषहरु पनि क्रिम प्रयोग गर्न निक्कै माहिर भइसके । पुरुषले प्रयोग गर्ने क्रिम एक्स मेन हाल नेपाली बजारहरुमा उपलब्ध छ । यसको मूल्य १ सय २० रुपैयाँदेखि १ सय ८० रुपैयाँसम्म पर्छ ।

यस्तै चाबहिलमै रहेको जलपादेवी स्टोरमा भिआइसिसि क्रिम ३ सय ५० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । यहाँ जोए पपैया सन्स क्रिमको मूल्य १ सय २० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म पर्दछ । जलपादेवी स्टोरका विक्रेता शंकर खलाउडाका अनुसार सो स्टोरमा रहेको एलिटे क्रिमको मूल्य १ सय ६० रुपैयाँ, लोटसको २ सय ९५ भारु, प्योर एलोइको १ सय १० रुपैयाँ, स्किन फ्रुटको १ सय ३० रुपैयाँ र हजी एण्ड आलमोडको पनि १ सय ३० रुपैयाँ नै पर्ने गरेको छ ।

यस्तै चाबहिलमा रहेको नेहा स्टोरमा धेरै जसो पोण्डसको क्रिम विक्री हुने गरेको पाइएको छ । पोण्डस् एजमेराको मूल्य ७० रुपैयाँदेखि ७ सय रुपैयाँसम्म पर्ने गर्छ । यस्तै जोए पपैयाको मूल्य ७० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म पर्ने गर्छ भने लोटसको मूल्य २ सय रुपैयाँदेखि ५ सय ५० रुपैयाँसम्म पर्ने गर्दछ ।

निकै चर्चित रहेको आस्था बेरी हाल १ सय ९० रुपैयाँदेखि ४ सय ५० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

चायापोतोको लागि धेरै प्रयोग हुने स्किन लाइकको मूल्य १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँसम्म पर्छ । बिबिसी फाउनडेसन क्रिमको मूल्य २ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म पर्छ । जोएको स्किन फ्रुटको क्रिम ८० रुपैयाँदेखि १ सय ३० रुपैयासम्ममा विक्रि भइरहेको छ । गानिएर भने १ सय २५ मा विक्री हुने गरेको छ । भर्खरै बजारमा आएको पामा फेस वास भने ९० रुपैयाँदेखि १ सय ७० रुपैयाँसम्ममा बजारमा उपलब्ध भइरहेको नेहा स्टोरकी कर्मचारी सुनिता श्रेष्ठले जानकारी दिइन् ।


क्लिकमान्डु