टिप्सः मोवाइलमा कसरी फ्रि वाइफाइ कनेक्ट गर्ने ?



काठमाडौं । पछिल्लो समय इन्टरनेट सबैको लागि एयटा जरुरी कुरा बन्ने गरेको छ । सानो भन्दा सानो जानकारी पनि इन्टरनेटबाट नै खोज्ने गरिन्छ ।
चाहे कुनै नयाँ चलचित्र होस या कुनै बाटो थाहा पाउन होस इन्टरनेटले सधै तपाइको साथ दिइरहेको हुन्छ । यदि तपाईं कतै बाहि र हुनुहुन्छ भने मोबाइलको डाटाबाट भए पनि इन्टरनेटको प्रयोग गर्नु हुन्छ होला ।

तर, के तपाइलाई थाहा छ तपाइकै वरीपरी कतै पब्लिक वाइफाइ हुने गर्छ जुन तपाईंको फोनमा पासवर्ड बिना नै कनेक्ट हुन्छ । यदि तपाइलाई यस बारेमा थाहा छैन भने हामी तपाइलाई २ वटा तरिका बताउदै छौँ, जसबाट तपाइ आफ्नो वरीपरी भएको वाइफाइको बारेमा जान्न सक्नु हुनेछ । यसपछि तपाइलाई आफ्नो मोबाइल डाटा प्रयोग गरिराख्नु पर्ने छैन ।

१. वाइफाइ प्रो एप:  यस एपलाई गुगल प्लेबाट फ्रिमा डाउनलोड गर्न सकिन्छ । यो के कामको लागि उपयोगी छ भने यसमा तपाइको वरीपरी भएको फ्रि वाइफाइ आफै कनेक्ट हुन्छ ।

२. इन्स्टाब्राइटगे:  यो पनि गुगल प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिन्छ । यस एपबाट तपाइ सार्वजनिक वाइफाइलाई आफ्नो फोनमा सजिलै कनेक्ट गर्न सक्नु हुनेछ । यो एपको विषेशता के हो भने यसले तपाइको फोनलाई सबैभनदा फास्ट नेटवर्कसँग कनेक्ट गर्छ ।


पुष्प दुलाल