पूर्वराजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारले तिरेन विद्युत् महसुल, कुन मिटरको कति बक्यौता ? (सूचिसहित)




काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रयोग गर्दै आएको नागार्जुन दरवारले नेपाल विद्युत् प्राधिकरणलाई १ करोड २९ लाख ९१ लाख २२१ रुपैयाँ ५९ पैसा विद्युत् महसुल नतिरेको पाइएको छ ।

प्राधिकरणका बालाजु वितरण केन्द्रकाअनुसार सो रकम मध्ये एक करोड ३ लाख २ हजार ९७७ भुक्तानी गर्नुपर्ने रकम हो भने २५ लाख ९८ हजार २४४ भने जरिवाना हो ।

पूर्व राजा ज्ञानेन्द्रले प्रयोग गर्दै आएको नागार्जुन शाहीवन बंगलाको नाममा उक्त विद्युत् महसुल बक्यौता रहेको हो ।

ट्रस्टमा गए त्यो पूर्व राजाको हो भन्छन्, हामीले सो दरबार कस्को स्वामित्वमा छ पत्ता लगाउन सकेनौं ।

सो नागार्जुन शाहीवन बंगलाको नाममा नौ वटा मिटर प्रयोगमा रहेको छ । प्राधिकरणले विद्युत् बक्यौता असुल उपर गर्न १५ दिने सूचना प्रकाशित गरेको र तिर्न नआए लाइन काट्ने चेतावनी दिएको छ । तर सो बक्यौता रकम पूर्व राजाले तिर्ने वा सरकारले नै तिर्ने हो भन्ने बारेमा भने केही पत्ता लाग्न सकेको छैन ।

प्राधिकरणले पत्ता लगाएन कस्को स्वामित्वमा छ दरबार ?

बक्यौता विद्युत् महसुल तिराउनका लागि नागार्जुन शाहीवन बंगला कस्को स्वामित्वमा रहेको छ भनी पत्ता लगाउन हिडेको प्राधिकरणको बालाजु वितरण केन्द्रले हालसम्म कुनै भेउ पाउन सकेको छैन ।

प्राधिकरणले नेपाल ट्रस्टको कार्यालय दबारबारमार्गमा सम्पर्क गर्दा आफूलाई सो को जानकारी नभएको भन्दै जवाफ दिइएको प्राधिकरण बालाजु वितरण केन्द्रका एक अधिकारीले बताए । ती अधिकारीले ट्रस्टमा गए त्यो पूर्व राजाको हो भन्छन्, हामीले सो दरबार कस्को स्वामित्वमा छ पत्ता लगाउन सकेनौं । बंगलाको कर्मचारीले भने महसुल सरकारले तिर्ने हो भन्दै पन्छने गरेको ती अधिकारी बताउँछन् ।

कुन मिटरको कति बक्यौंता ?

क्रम संख्या मिटर नम्बर बक्यौता रकम
२२९.२२.२०५ ८१४०४६३.९७
२१४.२७.२०१ के २९५७३७.९१
२१६.११.२० एल ६९५१६४.७०
२१६.२६.२० एल ३९४१७६.८१
२१६.२६.२० आर २८८३४८.६३
२१६.२६.२०३ ९२६२७.२५
२१४.२७.२०३ २२०८४०.७
२१६.१२.२० एल २१८१४०.३
२२०.११.२० एल ४७४७७.००
जम्मा १०३९२९७७.२७
जरिवाना २५९८२४४.३१
कुल जम्मा १२९९१२२१.५९

लाइन काट्ने तयारी

प्राधिकरणले बक्यौता रकम बुझाउन कोही नआए नागार्जुन शाहीवन बंगलाको लाइन काटिदिने बताएको छ । हामी अझै केही दिन हेर्छौ आएनन् भने हामी लाइन काटिदिन्छौ । यसअघि नारायणहिटी दाबार संग्राहलय भित्र बस्दै आएकी पूर्व मुमा बडामहारानीको प्राधिकरणले लाइन काटिदिदा चौतफी आलोचना भएपछि प्राधिकरणले पुनः जोडिदिएको थियो ।

नारायणहिटी दबार संग्राहलयको विद्युत् महसुल भने नेपाल ट्रस्टले तिर्ने जनाएपछि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणले लाइन जोडिदिएको थियो । प्राधिकरणले लाइन काटेपछि पूर्व मुमा बडामहारानी दुई रात अध्यारोमा बस्नु परेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो ।


क्लिकमान्डु