विजुली भएन,यसरी गर्नुहोस मोबाइल चार्ज



स्मार्टफोनको आगमनसँगै मानिसको दैनिकी निकै सहज हुँदै गएको छ । मोबाइल कुराकानी गर्ने माध्यममात्र सिमित नभएर दैनिकीका अन्य गतिविधि गर्न सकिन्छ ।

मोबाइल सुचारु राख्नका लागि चार्ज आवश्यक हुन्छ । यदि तपाइ कतै बाहिर हुनुहुन्छ । तर, तपाईको मोबाइलमा चार्ज छैन र त्यहाँ बिजुली पनि छैन भने के गर्नु हुन्छ । या तपाई कतै पहाड तिर हुनुहुन्छ । चारैतिर सुन्दर दुश्य रहेको छ । तपाइलाई फोटो खिच्न मन छ । तर, तपाइको मोबाइलमा चार्ज नै छैन भने मोबाइल अफ हुनै लागेको छ । अब के गर्ने ?
यसका लागि हामीले ३ वटा सजिलो तरिकाका बारेमा तपाईहरुलाई जानकारी दिन गई रहेका छौं ।

आवश्यक सामानः

तपाइलाई चाहिन्छ एउटा कार यूएसबी अडैप्टर (कार सिगरेट लाइटर), फोनलाई चार्ज गर्ने खालको तार (यूएसबी केबल), ९ भोल्टको ब्याट्री, धातुको एक चिप र एउटा पेन स्प्रिङ या पेच टाइट गर्ने पाना ।

अब तपाइले ब्याट्रीबाट बिजुली निकालेर मोबाइलसम्म पुराउनु पर्छ । यसको लागि एक थोरै गतीको सानो इलेक्ट्रिकल फिल्ड तयार गनुपर्छ जसको मदतबाट मोबाइल चार्ज गर्न सकिन्छ

पहिलो स्टेपः मेटल चिपलाई खोलेर यसरी ब्याट्रीको पोलमा लगाउनुस

सबै ब्याट्रीमा २ वटा टर्मिनल हुन्छ । एक तर्फ पोजिटिभ पोल र अर्को तर्फ नेगेटिभ पोल । जब यी दुबै पोलको तार जोडिन्छ तब यसको बीचबाट तिब्र गतिले बिजुलीको प्रवाह हुने गर्छ ।
सबैभन्दा पहिला ब्याट्रीको नेगेटिभ तर्फको चिपलाई जोड्नु पर्छ ।

दोस्रो स्टेपः कार एडैप्टरको पोजेटिभ पालेमा लगाउनु

कार एडप्टरको दोस्रो टर्मिनल अर्थत पोजेटिभ पोल तर्फ लगाउनुस । अब इलेक्ट्रिक फिल्ड बन्छ ।

तेस्रो स्टेपः एडप्टरको धातु भए तर्फ रहको चिपको एकतर्फ थिचौँ

अब हामी चिपको एउटा भाग र एडप्टरको धातु भएको ठाउँलाई एक आपसमा मिलाउनु पर्छ । यसो गर्नाले ब्याट्री भित्र भएको इलोक्ट्रोन्स तिब्र गतीले प्रवाह हुन थाल्छ । जसबाट बिजुली बन्ने प्रक्रिया सुरु हुन्छ ।

अब तपाइको बिजा बिजुलीको चार्जर तयार भयो । सिर्फ तपाइले आफ्नो मोबाइलको यूएसबी सकेटसँग जोडनु पर्छ र यसो गरेपछि मोबाइललाई इमरजेन्सी आवश्यताको समयमा प्रयोग गर्न सकिन्छ।


क्लिकमान्डु