शाश्वतधाम र मानवसेवा आश्रमबीच सहकार्य



काठमाडौं । शाश्वतधाम र मानव सेवा आश्रमबीच शाश्वत चिन्तन मानवीयता, सृजनशीलता, सदाचारलाई प्रवर्धन गर्न द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । शाश्वत चिन्तनका प्रवर्धक एवं मानव सेवा आश्रमका अध्यक्ष डा. गोविन्द टण्डन र शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत नारायण श्रेष्ठले समझदारीमा हस्ताक्षर गरेका छन् ।

शाश्वत चिन्तन (साँचो जीवन निर्माण अभियान) र शाश्वतधामलाई एकसाथ राष्ट्र ब्यापी बनाउने एवं शाश्वतधाम मार्फत् शाश्वत चिन्तनका कार्यक्रमहरू आयोजना गरि जात–जाति, सम्प्रदाय, वर्ण, रङ्गभन्दा माथि उठेर सनातन धर्म एवं मानवता र मानवीय गुणहरूको जगेर्ना, संरक्षण, सम्वर्ध्दनएवं प्रवर्धदन गर्ने कार्यमा दुवै सस्थाले सहकार्य गर्नेछन् ।

‘शाश्वतचिन्तनलाई प्रमुखतादिँदै मानवीयता, सृजनशीलता, सदाचारलाई आत्मसात् गरी मानवीयतालाई केन्द्रमा राखी व्यक्ति, समाज र राष्ट्रमा असल व्यक्ति निर्माणमा योगदान पु¥याउने हाम्रो प्रयास हो, ‘यसका लागि विविध उपयोगी कार्यक्रमहरू सञ्चालन गरी मानवीय चेतनाको विस्तारका साथै “वसुधैव कुटुम्वकम्”को विश्व जनीन भावनालाई अझ विस्तार र विकास गर्न दुवै सस्था सहयात्रामा सहभागी भएका छौं,’ आश्रमका अध्यक्ष डा. टण्डनले भने ।

आगामीदिनमाशाश्वतधामलाई केन्द्रबिन्दु बनाईशाश्वतचिन्तन (साँचो जीवननिर्माण अभियान) काविभिन्नकार्यक्रमहरू सञ्चालनगरिनेछन् । यसमार्फत् मानवीयताको प्रवर्ध्दनगर्ने लक्ष्य राखिएको छ ।

‘शाश्वतचिन्तनअभियान र शाश्वतधामको सोंच र लक्ष्य समान रहेकाले समग्र मानव कल्याणकारी कार्यकालागि सहकार्य गरेकाहौं, शाश्वत चिन्तन जस्तो अतिउच्च सोंच राख्ने टिमसँग सहकार्य गर्न पाउदा हामी खुसी छौं,’ शाश्वतधामका प्रमुख कार्यकारी श्रेष्ठले भन्नुभयो ।

यसअभियानले विशेष गरि युवा जगत्लाई प्राथमिकताका साथ अभिप्रेरणा प्रदान गर्नेछ । यसका लािग प्रबोधन एवं ज्ञान हस्तान्तरण कार्यक्रमहरू आयोजना गरिनेछ ।


पुष्प दुलाल