कोक दशैं तिहार अफर बाइकदेखि रिचार्ज कार्डसम्म



काठमाडौं । कोका–कोलाले मेगा दशैं तिहारको उपलक्ष्मा ‘मन खोलौं कोकसंग’ योजना सार्बजनिक गरेको छ । यो अभियान यहि भाद्र २० देखि असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म (जुन पहिले सम्पन्न हुन्छ) नेपालभरी संचालन हुनेछ ।

यस अभियान अन्तरगत एउटा टिभीएस स्ट्राइकर १२५ सीसी प्रत्येक दिन जित्न सकिन्छ । साथै, दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र १ सय रुपैयाँको मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा ४ सय जनाले जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ । सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । अन्य बिस्तृत जानकारीहरु राष्ट्रिय दैनिकहरुबाट प्रदान गरिनेछ ।

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्न सकिन्छ ।


पुष्प दुलाल