ग्लोबल आइएमईले बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश दिन लागेको हो ।

असार मसान्तमै ८ अर्ब चुक्ता पुँजी पुर्याएपनि बैंकले १० प्रतिशत बोनस सेयर दिन लागेको हो ।यसले साधरण सेयरधनीलाई फाइदा भएको छ । १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिब ९ अर्ब पुग्ने छ ।

बैंकले आ.व.२०७३/०७४ मा २ अर्व ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक संचालक समितिका बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको बैकले बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको जनाएको छ ।

१ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १११ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।


क्लिकमान्डु