आईएमईका सेवाग्राही पर्बबहादुर राईले पाए ६ लाखको जीवन



काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले जितेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका राई भाग्यशाली विजेता भएका हुन् ।

भाग्य शाली विजेता राईले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफइन्स्युरेन्सको ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

आईएमईको १ सय ५५ सेन्टरसहित ७५ जिल्लामा ६ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत रेमिटेन्स्सेवा दिइरहेको कम्पनीले जनाएको छ ।


पुष्प दुलाल