प्राइम लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारण सभाबाट वित्तीय बिवरणहरु पारित गरि सो आर्थिक वर्षहरुको नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको हो ।

यसका साथै कम्पनीले चुक्ता पूँजीको १६० प्रतिशतले अर्थात १ शेयर बराबर १.६० का दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ ।

यसका साथै कम्पनीले साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा प्रतिनिधित्वको चयन लगायतका निर्णयहरु पनि गरेको जानकारी दिएको छ ।


क्लिकमान्डु