अफिस जान अब स्काई ट्याक्सी !



ट्याक्सीको प्रयोग कस्तो समयमा गर्नुहुन्छ । काठमाडौंमा यसैपनि ट्याक्सीको भाडा महंगो छ । अत्यावश्यक बाहेक ट्याक्सीको प्रयोग निकै कम नै प्रयोग हुन्छ ।

तर,संसारमा भने दैनिक कार्यालय जानको लागि स्काई ट्याक्सी बनाउने तयारी सुरु भएको छ । सडकमा हुने ट्राफिक जामको बिकल्पमा यस्तो प्रयास सुरु भएको हो।

टेक्निोलोजी कम्पनीहरु स्काई ट्याक्सी वा एयर क्याब बनाउने होडबाजीमा लागेका छन् ।

ट्याक्सी सेवा प्रदायक कम्पनीमध्ये एक उबरले गएको फ्रेबुअरीमा नासाका मुख्य टेक्निकल बिशेषज्ञ मार्क मुरलाई आफ्नो ‘प्रोजेक्ट एलिवेट’का लागि निम्ता दिएको थियो । यो प्रोजेक्ट भविश्यमा हवाई यातायातको बिकास गर्न केन्द्रित छ ।

फ्रान्सेली बिमान निर्माता कम्पनी एयरबस पनि एयर ट्याक्सी ‘बाहना’का प्रोटोटाइप विकसित गर्नेबारे काम गरिरहेको छ । कम्पनीले भनेको छ कि उनीहरु यसै साल यसको परीक्षण गर्नेछन् र २०२० सम्म यसले पूरै सेवा सुरु गर्नेछ । यो कम्पनीले हवाई यातायात माथि निक्कै कामहरु गरिरहेको छ, किनभने जमिनमा अब जामको समस्या सामान्य भइसकेको छ ।

उदाहरणको लागि ब्राजिलको साओपाउलो संसारकै सबैभन्दा धनी शहरमध्ये १० औं नम्बरमा पर्छ, तर गत साता मात्रै जामको स्तर १८० किलोमिटर थियो र कहिलेकाही २९५ किलोमिटर सम्मको जान हुने गर्थो ।

के–के छन् बिशेषता ?

संसारमा घनावस्तीका सहरहरु तीव्र गतिमा बढिरहेका छन् । यसैले यसमा केहि सन्देह छैन कि मानिसहरुको मोह एयर ट्याक्सीतर्फ बढेको छ ।

इहाङ ट्याक्सीमा एक प्यासेन्जर अट्छन् जवकी बोलोकप्टरमा २ जना । सिटी एयरबसले त झन् ४ जना अट्ने एयर ट्याक्सी बनाउनेबारे बिचार गरिरहेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने सबै कम्पनीहरु इलेक्ट्रिक इन्जिनको विकास गर्नमा जुटिरहेका छन् । किनभने यसले बायु र ध्वनी दुवैको प्रदुषण हुँदैन ।

यस्ता ट्याक्सीमा हेलिकप्टरमा प्रयोग हुने पंखाको स्थानमा थुप्रै साना पंखा प्रयोग गरिरहेको हुन्छ, जसले गाडीलाई टेकअफ गर्न र ल्याण्डिङ गर्न महत्वपूर्ण भूमिका निभाउनेछन् । यस्ता एयर ट्याक्सीको आकार पनि यति सानो हुन्छ कि घना वस्तीमा पनि यसको परिचालन सहज रुपमा गर्न सकिन्छ । यस्ता सवारीको बडी कार्वन फाइवरबाट बनेको हुन्छ, त्यसैले यसको तौल पनि निक्कै थोरै हुन्छ ।

दुवई पनि हावामा उड्ने ट्याक्सीको विकास गर्दै

दुवईमा हावामा उड्ने यस्ता ड्रोन ट्याक्सीको सफलताका लागि प्रयासरत छन् । उनीहरु ब्याट्रीबाट चल्ने यस्ता स्काई ट्याक्सीको परिचालन परीक्षण गर्ने तयारीमा छन् ।

गत जुन महिनामा दुबईको सडक एवं यातायात प्राधिकरणले जर्मनीको स्टार्ट अप कम्पनी बोलोकप्टरसँग एक सम्झौता गरेको छ, जसको माध्यमबाट यसै वर्षको अन्तिमसम्म स्काई ट्याक्सीको परीक्षण गरिनेछ । दुई जना अटाउने यस्ता ट्याक्सीको उत्पादनका लागि यस कम्पनीले अहिलेसम्म तीन करोड डलर लगानी पाइसकेको छ ।

एक प्रोमोसनल भिडियोमा दाबी गरिएअनुसार यसले अधिकतम १०० मिलोमिटर प्रतिघण्टाको उडान भर्नसक्छ भने बढीमा ३० मिनेटको उडान गर्न सक्छ । जवकी यसमा छुट्टै ९ वटा ब्याट्री सुरक्षाका लागि राखिएको हुन्छ । बोलोकप्टरले यो प्रतिबद्धता पनि गरेको छ कि यात्राका क्रममा तपाईंलाई एमर्जेन्सी प्यारासुटको जरुरी पर्नेछैन ।

दुबईले एक यात्रु बस्न मिल्ने स्वचालित स्काई ट्याक्सी बनाउने चिनियाँ कम्पनी एहाङसँग पनि एहाङ–१८४ सम्झौता गरेको छ ।
तर, यस दौडमा दुबईले थुप्रै प्रतिस्पर्धाको सामना गर्नुपर्छ । यस्तो लागिरहेको छ कि पूरै दुनियाँमा भविश्यको शहरी हवाई यातायातका लागि प्रयासहरु सुरु भइसकेको छ ।

खर्च कति ?

उबरका मुर भन्छन् कि तीन या चार जना यात्री बोक्ने क्षमताको यस्ता एयर ट्याक्सीको खर्च त्यति नै आउनेछन् , जति अहिले उबर कार बनाउन खर्च लाग्छ ।

इहाङ ड्रोन ट्याक्सी अहिले २३ मिनेटसम्म उडान भर्न सक्छ । तर, अमेरिकी फेडरल एभियशन एड्मिनिस्ट्रेसनको यो भनेको छ कि कुनैपनि विमानसँग अतिरिक्त २० मिनेटका लागि अतिरिक्त इन्धन हुनु आवश्यक छ ।

तर, मुरको दाबी यस्तो छ कि ब्याट्रिहरु जसरी उन्नत जातका उत्पादन गरिन्छ, यसले समस्या सुल्झाउँछ । उबरले २०२३ सम्ममा ५० एयर ट्याक्सी तयार पर्ने योजना बनाएको छ ।

दुवई सन् २०३० सम्ममा आफ्ना २५ प्रतिशत यातायातको स्वचालित गर्ने योजना बनाइरहेको छ । यद्यपि त्यहाँ खराव मौसमका कारण बिमान विशेषज्ञहरु चिन्तित् छन् ।


क्लिकमान्डु