म्याड्रिड शहर हेर्न स्पेन गए काठमाडौंका मेयर विद्यासुन्दर



काठमाडौं । काठमाडौं महाननगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सोमबार बिहान स्पेन प्रस्थान गरेका छन् ।

म्याड्रिड महानगरको अबलोकन गर्न र सो महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित मेयर शाक्य ४ दिनका लागि स्पेन गएका हुन् ।

‘स्पेन भ्रमणको मूख्उ उद्देश्य म्याड्रिड शहरको विकास हेर्न र सो महानगरसँग भगिनी सम्बन्ध स्थापित स्पेन गएको हूँ,’ मेयर शाक्यले क्लिकमाण्डूसँग भने, ‘४ दिन लामो स्पेन बसाइपछि काठमाडौं महानगरलाई पनि कसरी म्याड्रिडजस्तै विकास गर्न सकिन्छ भन्ने नयाँ आइडिया पनि आउने विश्वास छ ।’

चुनाबी मैदानमा जाँदा आफू निर्वाचित भएको १०० दिनमा १०१ काम गर्छु भन्ने घोषणापत्र सार्वजानिक गरेका शाक्यलाई महानगरभित्र विकास निर्माणका काम गर्न तीब्र दबाब छ ।

भगिनी सम्बन्ध स्थापित भएपछि एकअर्काका सूचनाहरु आदानप्रदान हुने र विकासमा सहयोगी भूमिका हुने उनले जानकारी दिए । त्यसैगरी, उनले स्पेनका भौतिक संरचनाहरु पनि हेर्ने कार्यक्रम छ ।

‘काठमाडौं धेरै पुरानो शहर भएर पनि व्यवस्थित विकास हुन सकेको छैन, यो भ्रमणबाट कसरी व्यवस्थित विकास गर्ने भन्ने कुरा पनि सिक्नेछु भन्ने मेरो विश्वास छ,’ उनले भने ।

काठमाडौं महानगरसँग सम्बन्ध स्थापना गर्नका लागि स्पेनले नै मेयर शाक्यलाई निमन्त्रणा गरेको हो ।

यसअघि पहिलो भ्रमणकारुपमा मेयर शाक्य कोरिया गएका थिए । गत शुक्रबार मात्रै उनी कोरियाबाट स्वदेश फर्किएका थिए । मेयर निर्वाचित भएपछि शाक्यको स्पेन भ्रमण दोस्रो विदेश भ्रमण हो । ४ दिनको स्पेन भ्रमण र २ दिनको हवाई यात्रा सकेर शाक्य ६ दिन पछि स्वदेश फर्किने छन् ।

चुनाबी मैदानमा जाँदा आफू निर्वाचित भएको १०० दिनमा १०१ काम गर्छु भन्ने घोषणापत्र सार्वजानिक गरेका शाक्यलाई महानगरभित्र विकास निर्माणका काम गर्न तीब्र दबाब छ । घोषणा गरेअनुसार काम गर्न नसक्दा अहिले उनको आलोचनासमेत भइरहेको छ ।


पुष्प दुलाल