निजी क्षेत्रका विषयहरूलाई फाष्ट ट्रयाकबाट संबोधन गर्न एफएनसीसीआईको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग मन्त्री सुनिलबहादुर थापासँग सोमबार उद्योग मन्त्रालयमा भेटवार्ता गरेको छ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले औद्योगिक व्यवसायिक ऐन नियमावली, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनलगायत विभिन्न ऐन कानूनहरु यस अवधिमा आउनसके औद्योगिक क्षेत्र निर्वाध रूपमा अगाडी बढ्ने बताईन् ।

अघिल्लो वर्ष अर्थतन्त्रका केही सूचकहरू राम्रा देखिएकाले तीनलाई स्थायित्व दिन आग्रह गर्दै निजी क्षेत्रले उठान गरेका विषयहरूलाई “फाष्ट ट्रयाक”बाट संबोधन गर्न समेत अध्यक्ष राणाले आग्रह गरिन् ।

महासंघका कार्यकारिणी समितिका सदस्यहरू र महासंघका महासचिव सुरेश मान श्रेष्ठ समेत सहभागी भएको सो भेटवार्तामा मन्त्री थापाले महासंघले दिएका सुझावहरूलाई महत्वपूर्ण रूपमा लिँदै औद्योगिक व्यवसायिक वातावरणका लागि उद्योग मन्त्रालयका तर्फबाट तत्काल गरिनुपर्ने पहलहरूलाई लिखित रूपमा उपलव्ध गराउन महासंघका अध्यक्षलाई अनुरोध गरे ।

काम गर्ने समय निकै कम भएकाले आफ्नो कार्यकालमा मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण निर्माण, लगानीको वातावरण, नीतिगत सुधार सहित उद्योगीहरूले भोग्नु परेका समस्या संवोधन गर्ने मन्त्रीले बताए ।


क्लिकमान्डु