भद्रपुर नगरपालिकाले पारित गर्यो ६० करोड ७० लाख रुपैयाँको बजेट



झापा । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ ।

सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहित नगरप्रमुख जीवनकुमार श्रेष्ठले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरे।

सभामा नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठले वर्ष २०७४/०७५ का लागि ६० करोड ७० लाख ६० हजार ८४० रुपैयाँको बजेट प्रस्तुत गरे।

नगरसभाले वडामा जाने बजेटमा प्राथमिकता दिँदै नगरपालिकालाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त कुल बजेट ६० करोड रुपैयाँको नौ प्रतिशत प्रशासनिक खर्चतर्फ, ६.२९ प्रतिशत कार्यक्रमगत खर्च, १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत सशर्त अनुदान, १७.१३ प्रतिशत ठूला पूर्वाधार र नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, ३.५४ प्रतिशत भवन निर्माणतर्फ, १.६४ प्रतिशत सवारीसाधन खरिदतर्फ १.६४ प्रतिशत मेसिनरी औजार तथा फर्निचर खरिदतर्फ, ३.०४ प्रतिशत मर्मत सम्भार कोष, समुपूरक कोषतर्फ ४.१४ प्रतिशत वित्तीय समानीकरण समावेश भएका कार्यालयतर्फ १.५९ प्रतिशत लक्षितवर्ग विकास कार्यक्रमतर्फ २.८५ प्रतिशत प्रवद्र्धनात्मक कार्यक्रमतर्फ ७.१६ प्रतिशत नगरस्तरीय र वडास्तरीय योजना सञ्चालन, ०.५४ सावाव्याज भुक्तानीतर्फ, ३.२९ प्रतिशत अघिल्लो वर्षको योजनाको भुक्तानीतर्फ बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा योजनाका विषयमा कार्यकारी अधिकृत काजीमान राईले जानकारी गराएका थिए ।


क्लिकमान्डु