फुटपाथका झोला व्यापारीले किने ३ करोडको कचौरा, कसरी बने सेयरबाट खर्बपति ?




काठमाडौं । चीनका लियु यिकियान कुनै सयम सडकमा झोलाको व्यापार गर्ने खुद्रा व्यापारी थिए । आज उनको हैसियत फेरिएको छ । उनी अहिले करीब ३ करोड रुपैयाँ भन्दा बढी मुल्य तिरेर कचौरा खरिद गर्ने हैसियतमा पुगेका छन् ।

यो कचौरा उनले गत बुधबार हंङकङमा भएको निलामीमा किनेका हुन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो १ हजार बर्ष पुरानो कचौरा हो ।

कति सम्पती छ ?

फोव्सका अनुसार उनिसँग अहिले १.३ अर्ब डलर बराबरको सम्पती रहेको छ । उनको कम्पनी सनलाईन ग्रुपले केमिकल, औषधी र बित्तीय क्षेत्रमा लगानी गरिरहेको छ ।

लियु र उनकी पत्नी शाओ बेई चीनमा सफल आर्ट इन्भेष्ट्ररको रुपमा चिनिन्छन् । उनले आफ्नो सम्पूर्ण कमाई सेयर बजारमा गरेको लगानीबाट कमाएको फोब्सले जनाएको छ ।

९ कक्षासम्मको अध्यन गरेका उनले संघाईको सडकमा हाते व्यागको कारोबार सुरु गरेका थिए । उनले ५ बर्ष व्याग बेच्दा एउटा ट्याक्सी किन्न सक्ने हैसियत बनाएका थिए ।

उनले ट्याक्सी चलाएर कमाएको पैसाले १९८० ताका चीनीयाँ सरकारी कम्पनीहरुको सेयरमा लगानी गर्न सुरु गरेका थिए । उनले १० हजार पाउण्ड बराबरको सेयर किनेका थिए ।

उनले किनेको सेयरको बजार मुल्य एक बर्षमा नै ५० गुणले वृद्धि भएको थियो । उनले लागनीलाई निरन्तरता दिए । सुरुदेखि नै औषधी र प्रोपर्टी उनको लगानीको लागि पहिलो रोजाईमा थियो । एजेन्सीको सहयोगमा


क्लिकमान्डु