लगातार बोलेर नुवाकोटका अनन्तरामले तोडे बिश्व रेकर्ड



काठमाडौं । नुवाकोटका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट बोलेर बिश्व रेकर्ड कायम गरेका छन् ।

यस अघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घण्टा ३२ मीनेटलाई तोड्दै केसीले ४ घण्टा ४ मिनेट बढि बोलेर गिनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गराएको आयोजक लायन्स क्लब आफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मीनेटमा ८० घण्टा ४ मिनेट पार गर्नुभएको समय मुल्यांकन संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

‘उहाँलगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लण्डन स्थित गिनीज बुक अफ वल्ड रेकर्डको मुख्य कार्यालयमा केहि समय लगत्तै पठाउँछौ । त्यसपछि यसको मुल्या¨न पश्चात नतिजा आउने छ ।’ ओझाले भने ।

लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए ।

उनले ७७ वटा बिषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रबक्ता प्रदिप भुषालले जानकारी दिए ।


क्लिकमान्डु