३१ वर्षिय क्रुज बन्दैछन् अष्ट्रियाको प्रधानमन्त्री, नेपालमा गगन र योगेशहरुको पालो कहिले ?



आफ्नी ग्रलफ्रेण्डका साथ क्रुज

काठमाडौं । नेपालमा आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा युवा पुस्तालाई अघिसार्न प्रमुख राजनीतिक दल हिच्किचाइरहेको बेला अष्ट्रियामा भने ३१ वर्षिय सर्वेटियन क्रुजको पार्टीले विजय हासिल गरेको छ । संभवत उनी केही दिनभित्रै अष्ट्रियाको प्रधानमन्त्री (चान्सलर) निर्वाचित हुँदैछन् ।

क्रुजको पिपल्स पार्टीले आइतबार सम्पन्न निर्वाचनमा ३१.४ प्रतिशत मत पाएको छ । अष्ट्रियाको राजनीतिमा युवाको प्रवेश भन्दै भियनामा विशाल विजयी जुलुश समेत निकालिएको छ । सन् २०१३ मा सम्पन्न निर्वाचन भन्दा कुर्जको पार्टीले ७ प्रतिशत बढी मत ल्याएको छ ।

क्रुजको पार्टीले राजनीतिमा विशाल जम्प मात्रै हानेको छैन, राजनीतिमा युवाको नैराश्यता बढ्दै गएको छ भन्ने प्रचारलाई समेत गलत सावित गरिदिएको छ । इतिहासमै पहिलो पटक युवाको नेतृत्वलाई अष्ट्रियामा स्थापित समेत गरिदिएको छ ।

राइट विङ फ्रिडम पार्टीले दोस्रो स्थान हासिल गरेको छ । सो पार्टीले २७.४ प्रतिशत मत प्राप्त गरेको छ । सेन्टर लेफ्ट सोसल डेमोक्रेटिक पार्टीले २६.७ प्रतिशत मत प्राप्त गरेको छ । जुन हाल सरकारको सहयात्री दल समेत हो ।

क्रुज हाल अष्ट्रियाका विदेशमन्त्री समेत हुन् ।

सन् २००९ मा अष्ट्रियन पिपल्स पार्टीको युवक संगठनमा निर्वाचित भएका कुर्ज २०१० देखि २०११ सम्म भियना सिटी काउन्सिलको सदस्य भएर काम गरे । उनले नागरिकलाई स्वच्छ सरकारको अभियान सोही समयमा चलाए ।

जुन कामले गर्दा कुर्ज युवा माझ विस्तारै स्थापित भए । विश्वकै कान्छा विदेशमन्त्रीको रुपमा सन् २०१३ मा नियुक्त भएका कुर्जले इरानको आणविक विवाद समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । दर्जनौ पटक बैठक आयोजना गरियो र एउटा निष्कर्षमा समेत पु¥याइएन ।

२७ अगस्ट १९८६ मा जन्मिएका कुर्ज युनिभसिर्टी अफ भियानाबाट स्नातक गरेका छन् ।

इरानका राष्ट्रपति हसन रुहानी, तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरी, रसियन विदेशमन्त्री सर्गेइन लाभारोभ लगायतसँग अन्त्र्राष्ट्रिय मुद्दा र विवाद समाधान गर्न लागिपरेका कुर्ज विश्व राजनीतिमा उदाउँदा नेताका रुपमा देखिएका छन् ।

राजनीति छाडेर अन्य काममा मात्रै युवा लाग्नुपर्छ भन्ने मान्यता संसारभर स्थापित भइरहेको बेला कुर्जले अष्ट्रियाको चान्सलरमा नियुक्त हुने भएका छन् ।

हालसम्म अविवाहित क्रुज अष्ट्रियाको अर्थ मन्त्रालयमा कार्यरत सुसनी थेरसँग डेटिङमा रहेका छन् । थेरसँग उनले १८ वर्षको उमेरदेखि नै डेटिङमा छन् ।

नेपालमा युवा नेता भनिएका गगन थापा, योगेश भट्टराईहरु ४० कटिसकेका छन् । के आगामी संसदको चुनाबपछि उनीहरुको पार्टीले जिते प्रधानमन्त्री बन्लान् त ? अहिलेको राजनीतिक अवस्था हेर्दा अझै ५÷१० वर्ष उनीहरु मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी पाउने देखिँदैन ।


पुष्प दुलाल