यस्तो छ एनअारएनए पदाधिकारीका उम्मेदवारकाे अन्तिम नामावली, आजै परिणाम आउने



काठमाडौं । एनअारएनकाे अागामी नेतृत्वका लागि उम्मेदवारहरुकाे अन्तिम नामावली प्रकाशित भएको छ । अध्यक्षमा भवन भट्ट र जमुना गुरुङकाे मात्रै उम्मेदवारी परेको छ ।

टिबी कार्कीले उम्मेदवारी दिने चर्चा चलेपनि उनले उम्मेदवारी दर्ता गराएनन् । स्रोतका अनुसार कार्कीले अध्यक्षमा भट्टलाई समर्थन गर्दै अाफुले उम्मेदवारी दर्ता नगराएका हुन् ।

निर्वाचन अायाेगले प्रकाशित गरेकोे उम्मेदवारहरुकाे अन्तिम नामावलीमा महासचिव पदमा बद्री केसी, त्रिलाेक गुरुङ र अर्जुनकुमार श्रेष्ठ छन् ।

त्यस्तै, काेषाध्क्षमा हिम्मत थापा र मुछेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रञ्जु थापा वाग्लेलेउम्मेदवारी दिएका छन् ।

निर्वाचन अायाेगका अनुसार दिउँसो ३ बजेदेखि ८ बजेसम्मका लागि मतदानको समय ताेकिएकाे छ । विद्युतिय मतदान भएकाले ताेकिएकाे समय अघि नै मतदान सकिने विश्वास गरिएको छ ।

करिब साढे १९ सय मतदाता छन् । मतदान सकिएको १ घन्टा भित्र मतगणना सुरु गर्ने निर्वाचन अायाेगले जनाएको छ । जसअनुसार अाज रातिसम्ममा मत परिणाम सार्वजनिक भइसक्ने छ ।


पुष्प दुलाल