मोवाइलमा इन्टरनेट स्लो भएर हैरान हुनुहुन्छ ? यी ५ उपाय लगाउनुहोस् १० गुणा फास्ट चल्छ




काठमाडौं । यदी तपाईको फोनमा डाटा स्पिडको समस्या छ र यो समस्यालाई कसरी समाधान गर्ने भन्ने कुराको सोचमा हुनुहुन्छ भने हाम्री तपाईलाई केही टिप्स दिन्छौं ।

नेपालको धेरै ठाउँमा अझै टुजीको मात्रै सुबिधा उपलब्ध रहेको छ । हाम्रो बाध्यता नै हो थोरै स्पिडमा नै इन्टरनेट चलाउनु पर्ने । त्यसैले हामीले टुजीका प्रयोगकर्ताहरुका लागि स्पीड बढाउने केही आइडिया दिदैछौं । जसको मद्दतले उनीहरु फास्ट स्पिडमा इनटरनेट चलाउन सक्ने छन् ।

गूगल प्ले स्टोरमा एउटा यस्तो एप छ, जसको माध्यमबाट इन्टरनेटको स्पिड १० गुणा ज्यादा बढ्ने छ । यस एपको नाम Puffin Web Browser हो ।

१. यसको लागि तपाई पहिला प्ले स्टोरमा जानुहोस् ।

२. प्ले स्टोरमा गएर Puffin Web Browser सर्च गर्नुहोस । यहाँबाट यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस ।

३. यो करीब १४ एमबीको एप हो । इन्टरनेट मार्फत यसलाई खोल्नुस् ।

४. अब ३ पटक सम्म नेक्स्टमा क्लिक गर्नु पर्ने हुन्छ । यस पछी तपाईले कुनै पनि url खोल्न सक्नुहुने छ । यो पहिलेको भन्दा धेरै स्पिडमा खुल्ने छ । यसरी प्रयोगकर्ताको इन्टरनेट स्पिड बढाउन सक्ने छन् ।

५. याद राख्नुहोस् कि यसबाट मात्र ब्राउजर चल्ने छ । यसबाट डाउन्लोड भने गर्न सकिने छैन् ।

Puffin Web Browser बाहेक अरु पनि धेरै यस्ता एपहरु छन् जुन टुजी इनटरनेटमा पनि स्पिड गर्न मदगर्ने छन् । ती मध्ये केही BOLT Fastest Android Browser, Fast Speed Browser, Fastest Mobile Browser / Internet Browser 2G 3G आदि रहेका छन् । यी मध्ये कयौ ब्राउजरको एप पाइदैन पनि । यसलाई प्रयोग गर्नको लागि प्रयोग कर्ताले यसको apk फाइल डाउनलोड गर्नु पर्ने हुन्छ ।


क्लिकमान्डु