लक्ष्मी पुजाको दिन यी १० काम गर्नै हुँदैन




काठमाडौं । कात्तिकको औंशीको रातमा तिहार पर्व मनाइने गरिन्छ । यो वर्ष तिहारको लक्ष्मी पुजा कात्तिक १९ गते बिहीबार परेको छ । यस दिन धनकी देवी लक्ष्मीको पुजा हुने गर्छ । यो पनि मान्यता छ कि, यस दिन देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने छ ।

यस्तै यो दिन हामीले केही कुराहरुको ख्याल पनि राख्नु पर्छ । हामीले भुलेर पनि त्यस्तो नगरौं, जसले देवी लक्ष्मी रिसाउन् । के कस्तो काम गर्नाले लक्ष्मी रिसाउछिन् ? यो जान्नको लागि तलको कुरा पढ्नुहोस् ।

१. कसैलाई खाली हात नफर्काउनुस् : तिहारको समयमा भिखारी वा अन्य देउसी भैलो खेल्न आएका मानिसहरुलाई खाली फर्काउनु हुन्न । उनीहरुलाई केही न केही अवश्य दिएर पढाउनु होला ।

२. लक्ष्मी पुजाको रात नसुत्नु : लक्ष्मी पुजाको रात नसुत्नुस् । बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नुहोस् ।

३. ननुहाई फुल नटिप्नुस् : ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस् । नुहाएर मात्र पुजाको लागि फूल टिप्नुस् । ननुहाइ टिपेको फूलले पुजा नगर्नुस् ।

४. मादकपदार्थ नपिउनुस् : लक्ष्मी पुजाको रात कुनै प्रकारको मादक पदार्थ नपिउनुहोस् ।

५. कसैसँग झगडा नगर्नुस् : लक्ष्मी पुजाको दिन केही मानिसहरु हरेक कुरामा झगडा गर्ने गर्छन् । तर, लक्ष्मी पुजाको दिन कसैसँग पनि वादविवाद नर्गुस् । मनलाई शान्त राख्नुस् ।

६. आफुभन्दा ठूलोलाई नराम्रो नभन्नु : लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनुहोस् ।

७. बासी फूल नचढाउनुुस् :  लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनुस् । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नुस् ।

८. जुवा नखेल्नुहोस्  : लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नुस् ।

९. स्त्रीसँग सम्बन्ध नबनाउँनुस् :  लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग सम्बन्ध नबनाउनुस् ।

१०. भेदभाव नगर्नुस् : लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहोस् । भेदभाव गर्नाले देवी लक्ष्मी रिसाउन सक्छिन् ।


क्लिकमान्डु