रंगोली बनाउँन जान्नुभएको छ ? अझ राम्रो बनाउने १० टिप्स सिक्नुहोस्




काठमाडौं । तिहार भन्ने बितिकै झिलिमिली र फुलमाला बुझिन्छ । पछिल्लो समयमा नेपालमा पनि रंगोली बनाएर तिहार मनाउन थालिएको छ ।

तिहारमा दियो बाल्नु जत्तिकै महत्व रंगोलीको छ भन्ने तर्क पनि सुन्ने गरिएको छ । यो तर्कका पक्षपातीहरु घरमा रंगोली बनाउनाले माता लक्ष्मी खुसी हुने दाबी गर्छन् । त्यसैले लक्ष्मी पुजाको दिन माता लक्ष्मीको स्वागतमा घरको दैलोमा रंगोली बनाउने परम्परा रहि आएको छ ।

हुन त समय अनुसार रंगोली बनाउने तरिका पनि परिवर्तन हुँदैछ । मोर्डन लाइफस्टाइलको आगमनसँगै रंगोलीको डिजाइन पनि निकै मोर्डन हुँदै आएको छ । तर तिहारको समयमा घरमा रंगोली बनाउने चलनलाई अझै पनि महत्व दिइन्छ ।

रंगोली बनाउँदा यी कुराको ख्याल गर्नु पर्ने हुन्छ ।

१. रंगोली बनाउँनुभन्दा पहिला यो राम्रोसँग सोच्नु होला कि रंगोली घरको कतातिर बनाउँने हो ।

२. ठाउँ अनुसार रंगोलीको डिजाइन सुरुमै सेलेक्ट गर्नु पर्ने हुन्छ ।

३. सेलेक्ट गरिएको डिजाइन चकले सुरुमै कोर्नु होस् ।

४. बनाइएको डिजाइनमा आफुलाई मनपर्ने रंग हाल्नुस् ।

५. रंगोली बनाउँदा छान्नेको मदतले भर्ने गर्नुस । यसो गर्नाले रंग छरिने समस्या हुने छैन ।

६. रंगोलीको बाहिरी भाग बनाउँदा सधै प्लास्टिकको कोनको प्रयोग गर्ने गर्रौँ । यसले गर्दा रंगोलीको बाहिरी भाग बिग्रीने छैन ।

७. रंगोलीको बाहिरी भाग बनाउँदा रंग छरिने हुँदा ध्यान दिनु होला । यदी रंगोलीमा हल्का रंग भरिएको छ भने बाहिरी रंग गाढा लगाउनु पर्ने हुन्छ । यदी गाढा रंग भित्र प्रयोग गरिएको छ भने बाहिर फिका रंगको प्रयोग गर्नु पर्ने हुन्छ ।

८. यदी तपाइलाई नयाँ तरिकाले रंगोली बनाउन मन छ भने रंगिन चामललाई पनि तपाई रंगको साटो प्रयोग गर्न सक्नु हुनेछ ।

९. तपाई रंगीचंगी फुलको मदतले पनि रंगोली बनाउँन सक्नु हुनेछ ।

१०. रंगोली बनाए पछि त्यसलाई दियो या मैनबतीले पनि राम्रोसँग उज्यालो हुने गरी सजाउनु होस् ।


क्लिकमान्डु