सर्प समात्ने जागिर, मासिक ५० हजार तलब



काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ । यदि हुनुहुन्छ भने तपाईलाई आर्कषक तलबसहितको जागिर खुलेको छ । मासिक ५० हजार बराबरको तलब आउने जागिरमा तपाई सहभागी बन्न सक्नुहुन्छ । त्यो पनि विश्वविद्यालयमा ।

जागिर भने पछि कही पनि सजिलो हुँदैन । तर यो जागिरमा भने केही जोखिम भने रहेको छ । जोखिममा काम गर्दा नै रमाइलो र काम गरेको अनुभव पनि हुने गर्छ । यो आम सोचाई हो । त्यस्तो जोखिमपूर्ण काम भनेको सर्प समात्ने हो । तपार्इं जोखिम मोल्न चाहनुहुन्छ भने सर्प समात्ने काम तपाईलाई उपयुक्त विकल्प हुन सक्छ ।

तर त्यस्तो जोखिमपूर्ण जागिर नेपालमा भने होइन । नाइजेरियामा हो । सर्पको टोकाइबाट बच्न भाग्नु नै उत्तम उपाय हो । तर सर्पबाट बच्न सपेरा नै राख्ने चलन भने संसारमा विरलै देख्न पाइन्छ । तर नाइजेरियामा सर्पदंशको घटनामा वृद्धि भएपछि आर्कषक तलब सहित सपेरा राख्न थालिएको छ ।

स्रोतहरुकाअनुसार सपेरालाई रु ५० हजार बराबरको तलबको व्यवस्था गरिएको बताइएको छ ।

गत साता मात्रै सर्पले टोक्दा उमारु मुसा यारअडुआ विश्वविद्यालयमा अध्ययनरत अर्थशास्त्रकी एकजना विद्यार्थी जैनब उमरको मृत्यु भएको थियो । उनी अर्थशास्त्रको अन्तिम वर्षकी विद्यार्थी थिइन् ।

एकजना डिन सुलेमान कंकाराले पछिल्लो संपदर्शको घटना हुनुअघि पनि सपेराहरु राखिएको बताए । त्यस्ता सपेरालाई आर्कषक तलब र सुविधा समेत दिइएको छ ।

सपेराहरुले बिन बजाउने गर्छन् जसको आवाजप्रति सर्पहरु निकै नजिक आउँछन् । सपेराहरुले त्यसरी बिन बजाउँदा फणा फुकाउने गोमन सर्पले पनि उनीहरुलाई टोक्दैन ।

नाइजेरियामा सपेराहरुले चटक देखाउने बेला गोमन सर्प समाइदिन्छन् र कहिलेकाहीं त्यस्ता चटक हेर्नेको निकै भीड लाग्ने गर्दछ । उत्तरी नाइजेरियामा सपेराहरुले चटक देखाउनुलाई मनोरञ्जनको एउटा माध्यमको रुपमा पनि लिइन्छ ।

नेपाल पनि सर्पदंशको चर्को मारमा पर्ने गरेको मुलुक हो । विशेषगरी तराई क्षेत्रमा सर्पदंशको घटना बढी हुने गर्दछ ।

नेपालमा वर्षिक एक हजार बढीको मृत्यु सर्पदंशका कारण हुने गरेको अनौपचारिक तथ्यांक रहेको छ । तर सर्पको टोकाइबाट बच्न सपेरा नै राख्ने प्रचलन पनि सुरु भएको छ ।


पुष्प दुलाल