एपको नोटिफिकेसनले दिक्क हुनुहुन्छ ? नोटिफिकेसन बन्द गर्न यसो गर्नुस्



काठमाडौं । मोबाइलमा भएका विभिन्न एपका नोटिफिकेसन आएर दिक्क हुनुहुन्छ ? यसरी एपबाट आउने म्यासेजले तपाइको डाटा सक्ने काम गरिरहेको हुन्छ । हामी तपाइलाई नोटिफिकेशन रोक्ने उपाय बताउँदैछौं ।

तपाईंले यी उल्लेखित काम गर्नुभयो भने मोबाइलमा आउने नोटिफिकेशन्सबाट छुट्कारा पाउन सक्नुहुने छ ।

१ सबैभन्दा पहिला फोनको सेटिङमा जानुहोस् ।

२. त्यहाँ एपको नोटिफिकेसन देख्न सक्नुहुनेछ, त्यसमा क्लिक गर्नुस् ।

३. अब तपाई सामु नयाँ विन्डोज आउने छ । त्यसमा अरु पनि अप्सन्स रहेका हुन्छन् ।

४. यी अप्सनमध्ये तपाईं सामु नोटिफिकेशन्सको नोटिफिकेसन देख्नु हुनेछ ।

५. यदी तपाईं नोटिफिकेशन्सलाई ब्लक गर्न चाहानुहुन्छ या बन्द गर्न चाहानुहुन्छ भने ‘सो नोटिफिकेशन्स’ को अप्शनलाई अफ गर्नुस् ।
६. कुनै फोनमा यसलाई ब्लक अल भनेर पनि दिइएको हुन्छ ।

७. जसरी तपाईं कुनै एपको नोटिफिकेशन्स बन्द गर्नु हुनेछ त्यसपछि त्यस एपबाट नोटिफिकेशन्स आउन बन्द हुनेछ ।


पुष्प दुलाल